Breaking News सरकारी डेरी फार्मबाट लगेको दुध तताउदा फाटेपछी अपभोक्ता आ*क्रोसित (भिडियो सहित )
928 Views
पोखरा, जेठ १२, खोज मिडिया । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा भेंडीफारामबाट बिक्रि वितरण हुदै आएको भैसी र गाइको दूध तताउदा फा*टेपछी स्थानीय उपभोक्ताहरु कार्यालय मै गएर दुधमा के मिसावट छ भन्दै आक्रोसित पोखेको छ।
सधै बिहानको ३ बजे देखि नै गुणस्तर दुध पाउने आशामा यहाबाट दैनिक रुपमा मानिसहरुले दुध लाने गर्छन ।
एक्कासी भेंडीफाराम पाेखराकाे दूध पकाएपछि देखिएकाे असमान्य तरीकाले फाटेपछि के भएको होला भन्ने प्रश्नका साथ् ग्राहकहरुमा अनेकौ प्रश्नहरु सिर्जना भएका छन्। यस्तै वास्तवमा के भएको होला भन्ने बारेमा जानकारी लिदैं गर्दा त्यहाँका कर्मचारी र ग्राहकबीच केहि समय चर्का चर्की चलेको हो।
यस स्थानमा बिहानको २ बजेबाट पोखराका बिभिन्न ठाउहरु बाट आएका ग्राहकहरुको लाईन लागेको हुन्छ। दुधको लागि यस क्षेत्रमा जनताले निकै तछाड मछाड गर्ने गर्छन। । यस स्थानमा पाेसिलाे दूध पाउने आशाका साथै ग्राहकहरुकाे भिड नै लाग्छ। काेराेना महा*मारीमा पनि सुस्वास्थ्यकाे लागि दूध सेवन गर्नुपर्छ, बालबालिका, युवा बृद्ध सबैकाे स्वास्थ्य राम्रो बनाउनको लागि दैनिक रुपमा दुध सेवन गर्नु राम्रो मानिन्छ।
मानिसहरुको मनमा यतिबेला धेरै प्रश्न उब्झिरहेको पाईन्छ। अ*खाध्य बस्तुकाे मिसावट भएको हो कि भन्ने पनि शं*का गरिएको छ। यहाका मानिसहरुको माग नै सत्य तथ्य छा*नबिन गरियोस भन्ने रहेको पाईएको छ।
बिगत २०२८ साल देखि नै यहाँकाे दूध खान शुरु गरेका दाजु भन्नुहुन्छ आजसम्म निरन्तर यहि स्थानबाट दुध सेवन गरिरहनुभएको छ। आज सम्म कुनै पनि मिसावट र यस्तो दुध तताउदा जमेको कहिल्यै भेटिएको थिएन। लामो समय देखि यहि स्थानबाट दुध लगेर सेवन गरिरहेका मानिसहरु अहिलेको दुधमा देखिएको पछिल्लो अवस्थाबारेमा छक्क परेका छन्।
यहाका मानिसहरुद्वारा सम्बन्धित निकायको ध्यान यस स्थानमा पनि पुग्नुपर्नेमा जोड दिएको पाईन्छ। आखिर वास्तविकता के हो बाहिर आउनुपर्ने र यदि अ*खाध्य बस्तु नै प्रयोग भएको भए का*रवाही गरिनुपर्ने बताएका छन्।
सामान्यतया कहिले काही गर्मीको बेला दूध फाट्नु आफ्नै क*मजोरी पनि हुनसक्छ तर बाराम्बार यस्तो हुनुमा आफ्नो आ’पत्ति भएको स्थानियको भनाई रहेको छ। । यस्ताे दूधको प्रयोगले स्वास्थ्यमा अ*सर पर्ने हुनसक्ने भएको हुनाले जनताकाे स्वास्थ्यमा यसरी खे*लवाड गर्नु नहुने स्थानीय बताउछन।
खाध्य गुणस्तर िबभागबाट दुधको परिक्षन गरिसकेपछि मात्र यो दुध खान योग्य भएमा सबै ढुक्क भएर खरिद गर्ने र यदि यसमा अ*खाध्य बस्तु मिसिएकाे पाईएमा तुरुन्त कार*वाहीमा ल्याउनुपर्ने स्थानिएको भनाई रहेको छ।
एकातिर प्रयोगकर्ताहरु दुध प्रति आफ्नो अ*सन्तुस्टी रहेको बताउछन अर्को तिर कार्यालयका कर्मचारीहरु यो लक डाउनका कारण दुध भण्डारण गरेर राख्ने मेसिनमा केहि समस्या आएको र मर्मत गर्न आउने मानिस लक डाउनको कारण नआएको हुनाले दुध फाटेको बताउछन।
दुध गर्मी बढी भएको कारणले फाटेको र भण्डारण गर्ने मेसिनमा केहि सम*स्या आएको हुनाले ग्राहकमा केहि सम*स्या आएको र आफुहरु चाडैनै सल्लाह गरेर अब के गर्ने भन्ने बारेमा छलफलमा रहेको पनि कर्मचारीले बताएका छन्।
दुध फाटेको भए यस्तो नहुने भन्दै प्रयोगकर्ताहरुले गुणस्तर*हिन केहि मि*सावट हुन् सक्ने आशंका गरे संगै यति बेला सामाजिक संजालमा यस्तो चर्चा बढेको छ।
प्रतिक्रिया दिनुहोस