“म धन नभए पनि मन भएका मान्छे हुँ” मन्त्री आले,
1069 Views

रजनि तामाङ, काठमाडौं खाेज मिडिया जेष्ठ १२। यत्र त्तत्र सर्वत्र देशभर चर्चामा आएका वन तथा वातावरण मन्त्री प्रेम आलेले काेभिड-१९ ले ग्रसित बनाएका हाम्रो देश नेपाललाई मन्त्री आलेले व्यक्तिगत रुपबाट करिब ३८-४० लाख सम्मकाे सामान बाँडेकाे स्पष्ट पारेका छन्। उनले जनतालाई दु:*ख सुखमा आफुले सहयाेग गर्दै आएकाे र भाेलिका दिनमा पनि सहयाेग गर्ने विश्वास दिलाएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएकाे नेपाली बहस कार्यक्रममा पत्रकार ऋसि धमलासगँ कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले आफुसगँ धन नभए पनि मन भएकाे व्यक्ति भएकाे सुनाएका छन्। उनले भने-“म भन नभए पनि म चाहिँ मन भएकाे मान्छे हुँ” । मैले पैसाकाे कुरा गर्नुहुन्छ भने आफ्नाे बाल बच्चाको छाक पेट काटेर याे अवस्थामा यी सहयाेग गरेकाे हाे,। याे सहयाेग मैले जुटाएकाे हाे,। चाहे त्यसलाई सापटकाे रुपमा भन्नुहाेस चाहे मेराे व्यक्तिगत भन्नुहाेस ,। मैले साथी भाईहरुसगं पैसा सापट मागेर पछि फर्काउने गरि पैसा लिएर मैले याे सहयाेग गरेकाे हाे ,याे मेराे कर्तव्य हाे।” वन तथा वातावरण मन्त्री प्रेम आलेले गरेका सहयाेग सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर चार थान, अक्सिजन सिलिन्डर सय थान र सर्जिकल मास्क दुई लाख बीस हजार रहेका छन्।
प्रतिक्रिया दिनुहोस