बुद्ध जयन्तीका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना ,
1375 Views
रजनि तामाङ , काठमाडौं-खाेज मिडिया जेष्ठ १२ । विश्व शान्तिका रुपमा उच्च सम्मान गर्ने महान गाैतम बुद्ध काे जन्मभुमि नेपाल हुनमा हामी सबैका लागि गाैरबमय विषय भएकाे जनाउदै राष्ट्रपति विद्या देवि भण्डारीले बुद्ध जयन्ती लाई हाम्रो राष्ट्रकाे प्राचीन सभ्यता समृद्दि ईतिहासबाट प्रेरणा लिदैे प्रगतिकाे बाटाेमा अग्रसर रहन प्रेरणा गर्ने अवसरका रुपमा लिनुपर्ने मा जाेड दिदै रास्ट्रपतिले विश्व शान्ति का अग्रदुत गाैतम बुद्ध काे २५६५ ओेेैँ बुद्ध जयन्तीका अवसरमा श्वदेश तथा विदेशका बाैद्दधर्मावलम्बी शान्ति र अहिंसा प्रेमि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ मा सुख, शान्ति एवम समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। शान्तिदुत गाैतम बुद्ध का प्रेरणादायी उपदेश र मार्गदर्शन लाई आत्मसात गर्न सकेमा धार्मिक ,समाजिक तथा साँस्कृतिक विविधता बिच आपसि सभ्दिप , सहिष्णुता र बन्धुत्वकाे भावना अभिबृद्दि भई राष्ट्रिय एकता सुद्द हुनका साथै विश्व शान्ति का लागि मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्।
वैशाख शुक्लपक्ष पुर्णिामा तिथिकाे दिन बाैद्द दर्शनका प्रवक्ताक राष्ट्रिय विभुति गाैतम बुद्ध काे त्रिसंयाेग अर्थात जन्माज्ञान प्राप्ति र महापरि निर्माण एकैदिन परेकाले आजकाे तिथिलाई वश्वभरका बाैद्द धर्मावलम्बी द्वारा गाैतम बुद्ध प्रति श्रद्धा एवम भक्तिभाव व्यक्त गर्ने पावना दिवसका रुपमा बुद्ध जयन्ति मनाउने गरेकाे छ। जाडाे सकिएर गर्मि सुरु हुनेबेला अर्थात वसन्त ऋितुकाे आगमनसगैं मानिस,जिवजन्तु तथा पशुपक्षीं बेसीबाट लेकतिर बसाई सर्ने समयमा पितृ र प्रकृति पुजक किरात समुदायले बैशाखे पुर्णमकाे दिन उभाैलि पर्व मनाईन्छ । याे समय बालीनाली लगाउने बेला भएकोले लगाईएकाे अन्नबालि सप्रियाेस ,राेगव्यादि नलागाेस ,खडेरि , बाढिपहिराे जस्ता प्राकृतिक विपति नआउन भनी भुमिगत पुजा र पितृ पुजा गर्ने परम्परा रहेकाे छ।
विशेषगरी पुर्वि पहाड ,तराईका जिल्ला लगायत काठमाडौं उपत्यकामा बसाेबास गर्दै आएका किंरात सामुदायले याे पर्वलाई भव्यताका साथ मनाउने गर्छन्। राष्ट्रपतिले किराँत समुदायको महान पर्व उभाैलिका शुभअवसरमा स्वदेस तथा बिदेशका राई, लिम्बू , याक्खा, सुनुवार लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइ मा शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस