रसुवामा प्रधानमन्त्री के पी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा वि*घटनको बि*रोध
553 Views
काठमाडौँ, खाेज मिडिया जेष्ठ ११ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के पी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा विघटनको घोषणा असंवैधानिक, नि*रंकुश, अलोकतान्त्रिक, प्रतिगामी कदम भएको भन्दै रसुवामा विपक्षी ४ दलले बिरोध गरेका छन।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले खनाल-नेपाल समुह, जनता समाजवादी पार्टी रसुवाद्धारा संयुक्त रुपमा उक्त कदमको घोर विरोध तथा भर्त्सना गरेको हो । राजनैतिकदलहरुले संयुक्त रुपमा वज्ञिप्त निकिाल्दै ओलीको जाल, झेल र षडयन्त्रपूर्ण ढङ्गबाट राष्ट्रपतिले गरेको नयाँ प्रधानमन्त्री छनौटको आव्हान देखावटी,नि*रंकुश,अराजनीतिक प्रतिगामी कदम रहेको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउन १४९ सांसदहरुको हस्ताक्षर सहित स्पष्ट बहुमतको आधार तयार गरी राष्ट्रपति समक्ष निवेदन पेश गरेको स्पष्ट बहुमतको आधार हुँदा हुँदै पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभालाई वि*घटन गरेको प्रति आ*पत्ति जनाएको हो । संबिधान बिपरित चालिएको प्रतिगामी कदमको विरुद्धमा राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्न सम्पूर्ण जिल्लावासी, नागरिक समाज, बुद्धिजीवी, कानूनविद, मानवअधिकारवादी, पेशाकर्मी, पत्रकार लगायत सबै जनवर्गीय संगठन, गाउँपालिका, वडा र टोलसम्मका पार्टी कमिटीहरुलाई आव्हान गरेको छ ।
यस्तै स्वास्थ्य मापदण्ड अपनाई प्रतिगमनका विरुद्ध जिल्ला देखि वडासम्म प्रतिगमन- मु*र्दाबाद, संघीय लोकतान्त्रिक गणतन्त्र- जिन्दावाद जस्ता ना*रा लगाउदै पर्चा, पोष्टर, छलफल, बहस, अन्तर्क्रिरया, सभा, जु*लुश, पु*त्ला द*हन लगायतका कार्यक्रम गरिने पनि संयुक्त वज्ञिप्तमा जनाएईएको छ । बिज्ञप्तीमा कोरोना महामारी भाइरसको सं*क्रमणबाट मृ*त्यु भएकाहरु प्रति श्रद्दा*न्जली, दिदै सं*क्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ, साथै सबै नागरिकलाई भा*इरसबाट सचेत रहन आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस