पश्चिमाञ्चल क्षेत्रिय अस्पातालमा सङ्क्र*मीत बिरामी कुरुवालाई खाना खना समस्या,
1058 Views
रजनि तामाङ, पाेखरा खाेज मिडिया जेष्ठ ११। पाेखराकाे क्षेत्रिय अस्पतालकाे आईसाेलेसनमा काेभिड-१९ सङ्क्र*मित १ महिला सगैं उनलाई कुर्न भनी आएका उनका श्रीमान र २जना बच्चा समेत सगैं बस्ने गर्छन् । आफ्नाे घरमा बच्चा हेर्ने मान्छे काेहि नभएकै कारण श्रीमती कुर्न आउने क्रममा बच्चा पनि सगैं ल्याएकाे भनी ती पुरुषले बताए। उनिहरु नवलपुुुरका रहेकाे बताए। काेराेना सङ्क्र*मित श्रीमती आफू र २बच्चा सगैं अस्पाताल बस्दा उनीहरुलाई खानाकाे समस्या परेकाे बताए । बाहिर रेस्टु*रेन्ट सबै बन्द छ ,भने भित्र क्यान्टिन जान पनि सङ्*क्रमितका कुरुवालाई त्यति सजिलाे भने छैनन्। यस अवस्थामा उनका ४परिवारलाई खाना खान पैसाकाे पनि अभाव भएकाे बताए। यसैगरि तनहुँबाट आएका एक वृद्धा बुवाकाे उपचारका लागि कुरुवा भई २दाजुभाई अस्पतालमा बसिरहेका छन् । बुवाकाे उप*चारमा बसेका यी दाजुभाइलाई तनहुँबाट खाना ल्याएर खाने सम्भव भने रहेनन् । कहिले पाउरोटी त कहिले केही खाएर छाक टारेकाे उनीहरु बताउछन् । यस अघि आइसाेलेसनमा आउने नि:शुल्क खाना बन्द भएपछि उनिहरुलाई खाना खान समस्या भएकाे बताउछन्। यस अवस्थामा काेराेना सङ्*क्रमितले पाेसिलाे खाना खान नपाउँदा बि*रामी गलेकाे कुरुवाले बताए । अस्पताल “बाहिर हाेटल,रेष्टुरेन्ट खुलेका छैनन्,केहिसगं त पैसा पनि नभएकाे कुरा गर्छन, ती कुरुवाले भने, काेराेना लागेकाे उपचार गराउन टाढाबाट आएका व्यक्तिलाई खाना खुवाउन पनि समस्या देखिएकाे छ”।
प्रतिक्रिया दिनुहोस