नेपाल टेलिकमकाे नि:शुल्क भ्वाइसकल सेवाबारे थप जानकारी ,
327 Views
रजनि तामाङ ,पाेखरा खाेज मिडिया जेष्ठ १०। नेपाल टेलिकमका केन्द्रीय कार्यलयले काेभिड-१९का राेकथाम तथा उपचार कार्य नियन्त्रणमा खटिएका सम्पूर्ण फ्रन्टलाईनर स्वा*स्थ्यकर्मीलाई नि:शुल्क फाेन कल सुविधा दिने सम्झाैता भएकाे छ। आईतवार नेपाल टेलिकमकाे केन्द्रीय कार्यलयमा नेपाल चिकित्सक सघं, नर्सिङ परिषद् , नेपाल स्वास्थ व्यवासायी परिषद्, फार्मेसी परिषद् , आयुर्वेद चिकित्सक परिषद् ,लगायतका सम्पुर्ण स्वास्थ्या कार्यलयका निकाय प्रमुखले उक्त सुविधा गराउने सम्बन्धि सम्झाैतामा हस्ताक्षर गरेकाे छ। नेपाल टेलिकमले काेभिड-१९ महामारीमा सङ्क्रमणकाे परवाहा नगरि फ्रन्टलाईनमा बिरामीको सेवा गरि दिनरात खटिएका चिकित्सक , नर्स, फार्मेसिस्ट लगायतका स्वास्थ्यकर्मी हरुलाई उच्च मनाेबल राख्न तथा हाैसला प्रदान गर्नका निमित्त (धन्यवाद स्वास्थ्यकर्मी) अफर अन्तर्गत केहि महिनाका लागि फ्रि भ्वाइस कल प्याक उपलब्ध गराउने जानकारी दिईएका छन् ।
प्रतिक्रिया दिनुहोस