कैंयाै सिनि*यर तथा स्वा*भिमान पत्रकारहरु समेत घर खर्च गर्न अभाव,
1216 Views
काठमाडौं,- खाेज मिडिया जेष्ठ १०। -महासंघको तीनवटै तहले सहयोग-राहत संकलन गर्नु कतिको व्यवहारिक छ ?
नेपाल पत्रकार महासंघ जिल्ला, उपत्यका प्रदेश र केन्द्रिय समितिले अहिलेको महामारी-विपत्तिमा एकसाथ सहयोग-राहत संकलन गर्नु कतिकाे जायज हाे?
अहिले सर्वत्र यही प्रश्न तेर्स्याउन थालिएका छन् ।
सस्तो लोकप्रियताका लागि जो स्वयं श्रमजीवी हुन् त्यस्ता पत्रकारहरूले समेत आर्थिक सहयोग गरेको देखिनुले कस्तालेचैँ सहयोग उपभोग गर्न पाउने हुन् ? नेतृत्वहरूले स्पष्ट गरिदिनुपर्ने व्यवसायिक पत्रकारहरूको जिज्ञासा रहेको पाइएको छ ।
पत्रकारहरूप्रति सहानुभूति र सम्मान भाव राख्ने केहि शुभचिन्तकहरूले समेत- ‘लौ…मैले सहयोग गर्ने भएँ…तर, कुन तहकालाई दिँदा उपयुक्त होला मनोज सार्थकजी ?’ भनेर प्रश्न गरेपछि नेतृत्वहरूले एकद्वार प्रणाली अपनाउनुपर्ने देखिन आएको हो ।
कयौँ स्वाभिमानी र सिनियर पत्रकारहरू समेत घर खर्च चलाउन नसक्ने अवस्थामा छन् । तिनलाई नेतृत्वहरूले पहिचान गर्ने आधार के-के छन् ?
जसले ‘म र मेरो परिवार भोकभोकै परे वा पर्ने अवस्था आयो’ भनेर तीनवटै तहका नेतृत्वहरूलाई स्वाभिमानका कारण पनि भन्ने छैनन् ‘मरे भन्दैनन्’ ।
त्यस्तालाई घरदैलोमै पुगेर नेतृत्वहरूले के-कस्तो सहयोग उपलब्ध गराउँदा रछन् ? त्यो भने हेर्न बाँकी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस