विज्ञप्ति सहित ओलीलाई विप्लवको कडा चेतावनी
1125 Views
काठमाडौ,जेठ १० खोज मिडिया । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ ल्याएकोबारे विज्ञप्ति जारी गरेको छ । विप्लवले सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न सरकारले नागरिकता अध्यादेश ल्याएको उल्लेख गरेका छन् ।
यसको मूल्य देशले चुकाउनुपर्ने विप्लव विज्ञप्तिमा उल्लेख गरेका छन् । चन्दले विज्ञप्तिमार्फत यस्ता राष्ट्रहितविपरीत निर्णय खारेज गर्नसमेत चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’
‘नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय लिँदा जनमत बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ,’ विप्लवद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ त्यसो गर्नुको सट्टा आफ्नो सत्ता संकट टार्न, आफ्नो कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका निम्ति यस्ता निर्णय लिइन्छ भने त्यसको मूल्य सिंगो मुलुकले चुकाउनुपर्ने हुन्छ ।’
प्रतिक्रिया दिनुहोस