विज्ञप्ति हराएकाे हैन कारण यस्तो ,
389 Views
रजनि तामाङ
पाेखरा खाेज मिडिया जेष्ठ ९। राष्ट्रपति कार्यलयकाे वेबसाइट https://president.gov.np/मा अपलाेड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति ताेकिएकाेबारे लगायतका विज्ञप्ति हराएका छन्। राष्ट्रपति कार्यलयकाे वेबसाइटमा जेष्ठ १देखिकाे अपलाेड भएका विज्ञप्तिहरु अचानक हराएपछि अनुसन्धान थालिएकाे छ।वेबसाइटमा शनिबार राति १:४८मा अपलाेड भएकाे प्रतिनिधि सभा विघटन गरि अर्काे प्रतिनिधि सभाकाे मिति ताेकेकाे र त्यहि रात ११:३८मा अपलाेड भएकाे प्रधानमन्त्री नियुक्ति सम्बन्धकाे विज्ञप्ति पनि हराएपछि यसबारे चासाे बढेकाे छ। उक्त वेबसाइटमा बिहिवार पनि २वटा सुचना अपलाे भएका थिए। शुक्रबार दिउँसो ३:३४मा रिक्त मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीलाई ताेकेकाे सुचना अपलाेड भएकाे थियोे ।जेठमा राखेका सबै सुचना हराएका छन्। यी सबै अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यलयमा प्रवक्ता सहसचिव रुपनारायण भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस