अदालमा पेश भएकाे रिट दर्ता भएन,कारण यस्ताे,
281 Views
रजनि तामाङ , पाेखरा खाेज मिडिया जेष्ठ ८। दलहरूले रास्ट्रपतिबाट नयाँ प्रधान मन्त्रीका लागि गरेकाे आह्वान स्वीकार गर्दै प्रधानमन्त्री दाबी गरेपछि साे रिट दर्ता विचाराधीन रहने सम्भावना देखिएकाे छ। राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानकाे धारा ७६काे ५अनुसार सरकार गठन प्रस्ताव आह्वान गर्दै “संविधान मिचेकाे” भन्दै सर्वाेच्च अदालतले पेश भएकाे १२रिट दर्तामा अन्याेलता देखिएकाे छ । शुक्रबार अदालतमा ती रिट पेश भएपनि दर्ता भने हुन सकेन । सर्वाेच्च अदालत प्रशासनले अध्यनका लागि समय मागेकाले शुक्रबार रिट दर्ता गर्न नसकिएको जनाएको छ । अधिवक्ता नवराज पान्डे, सुजन नेपाल, सन्ताेष भन्डारि, प्रकृति खड्का, विरभद्र जाेशि,राम बहादुर,शैलेन्द्र अमबेडकर,कपिल ढकाल,लाेकेन्द्र ओलि,लगायतले रिट पेश गरेका छन् । उनिहरु द्वारा दायर रिट “दर्ता हुने कि नहुने” भन्ने विषयमा सर्वाेच्च प्रशासनले भाेलि आईतबार मात्रै टुंगो लगाउनेछ ।
प्रतिक्रिया दिनुहोस