रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा एकै दिनमा थप ३८ जना कोरोना सङ्क्रमित पुष्टि भएको छः
542 Views
रोमन लामा
रामेछाप ०८ जेष्ठ खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा हालसम्मकै धेरै कोरोना सक्रिय सङ्क्रमित पुष्टि भएको छ ।एकैदिनमा थप ३८ जना कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमित थपिएका छन् ।
सुनापती गाउँपालिकाले जेष्ठ ३ गते पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको २५ जनामध्ये आज आएको रिपोर्टमा १६ जना कोरोना पोजेटिभ देखिएको छन भने ७ गते एण्टिजीन र्यापिड टेस्ट बाट ३९ जनाको गरिएको परीक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठले खोज मिडियालाई जानकारी दिनुभयो ।
उनका अनुसार पिसिआर परीक्षण गर्दा वडा नं. १ मा ९ जना, वडा नं. ३ मा १ र वडा नं.५मा ६ जना गरि १६ जना र आज गरिएको एण्टिजीन र्यापिड टेस्टमा वडा नं. ३ बाट १४ जना मा ७ जना पोजेटिभ र वडा नं.४ बाट २५ जना गरिएको मा १५ जना कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।
हाल सुनापती गाउँपालिकाभित्र सक्रिय सङ्क्रमितको सङ्ख्या ६८ जना पुगेका छन् । जसमध्ये ६७ जना होम आइसोलेसनमा र १ जना गाउँपालिकाको आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस