फुटबल प्रशिक्षक श्री बिल बहादुर तामाङ हामी माझ रहेनन्,
443 Views
रजनि तामाङ
पाेखरा खाेज मिडिया जेष्ठ ५ । विस्वभर फैलिएको काेभिड-१९ ले बाकी कसैलाई छाडेनन् । पहिलाे भन्दा दाेश्राे, दाेश्राे भन्दा तेश्राे भेरियनकाे भाईरसले नेपाल अहिले अक्रान्त अवस्थामा छ । यसै काेभिडकाे सङ्क्रमणबाट हङकङ सहारा क्लवमा आबद्ध श्री बिल बहादुर तामाङकाे अकल्पनिय निधन भएकाे छ । वि स २०३२ साल भदाै महिनाकाे १५गतेका दिन छेलाङ् गाउँमा जन्मिनु भएकाे बिल तामाङ मिति२०७८ साल जेष्ठ ४गते बिहान ३बजेकाे समयमा देहान्त हुनुभएकाे उहाँका परिवार स्राेतले बताउनुभयाे ।
सहारा हङकङ संस्थापक महासचिव तथा वर्तमान कार्यसमितिका बरिस्ठ उपाध्यक्ष श्री बिल तामाङ काे अकल्पनीय तथा असमायिक स्वर्गराेहणले परिवारजन मर्महत भएकाे छ । उहाँ सहारा एकेडेमिक काेच AFC/ANFA”A” काे लाईसनस् लिन सफल पहिलाे व्यक्ति हुनुहुन्छ ।
हङकङ तामाङ घेदुङकाे खम्बा मानिने भुतपुर्व सल्लाहकार,भुतपुर्व काेषअध्यक्ष तथा भुतपुर्व सचिव पद समेत समाल्नु भएकाे थियाे । यसैगरि सहारा क्लव हङकङका उपाध्यक्ष पद समालिरहनु भएकाे थियाे ।”नेपाली पासपोर्ट त्यागेकाे छैन, जन्मभुमिमै केेहि गर्न चाहान्छु “। श्री बिल बहादुर तामाङकाे भनाई थियाे । जन्म भुमिलाई गाैरबमय भाव प्रकट गर्नुभएका तामाङ आज हामी माझ रहेनन् । उहाँलाई काेभिड-१९ले अस्वस्थ बनाई ज्वरो आएकाे भनी फेसबुकमा समेत १०२.१°f अपडेट गर्नु भएकाे थियाे । उहाँका श्रीमती बाल बच्चा हाल हङकङ मै रहनुहुन्छ । उहाँ जन्मभुमिमै केही गर्छु भनी नेपाल रहनुभएका बिल कहिल्यै हङकङ नफर्कने गरि स्वर्गराेहण हुनुभएकाे छ । उहाँ प्रति विभिन्न सघंसस्थाबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गहिराे समावेदना प्रकट गरिरहेका छन् ।
उहाँले प्रधान गर्नुभएका कार्यहरु आज सम्म पनि दिलाे ज्यान दिईरहनुभएकाे महान व्यक्तित्व श्री बिल बहादुर प्रति खाेज मिडिया परिवारकाे तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्द परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त हाेस भनी भगवानसगँ प्राथना गर्दै गहिराे समवेदना प्रकट गर्दछाैं ।
प्रतिक्रिया दिनुहोस