रामेछापमा काङ्ग्रेस नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले दिए अस्पताललाई ३ शैया आइसियु सहितको स्वास्थ्य उपकरण
1531 Views
रोमन लामा
रामेछाप ०४ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै कोरोना भाइरस सङ्क्रमणबाट रामेछापेली जनताहरु बचाउनका खातिर समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले आफ्नो रु.२२ लाख लगभग व्यक्तिगत लगानीमा तीन शैया आइसियु, त्यसमा लाग्ने मनिटर लगायतका उपकरणहरु, चिकित्सक र हस्पिटलको कर्मचारीहरुलाई पिपिइसेट, सेनिटाइजर लगायातका सामागरीहरु तामाकोसी सेवा समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन्।
आइसियु शैया हस्तान्तरण कार्यक्रममा बोल्नु हुदैँ समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले जिल्लामा हालसम्म कुनै पनि अस्पतालमा एउटा पनि आइसियु शैया नभएको हुँदा धेरै जनताहरुले अकालमै ज्यान गुमाउन परेकोमा दुःख प्रकट गर्नु भएको छ। उहाँले भने– आइसियु शैया नहुँदा यो भन्दा अघि धेरै जनाताहरुको मृत्यु भएको र अहिले पनि कोरोना भाइरसका कारण दुई जनाले ज्यान गुमाएको खबर सुने पछि अब उप्रान्त कुनै रामेछापको जनताहरुले अकालमै ज्यान नजाओस् भन्नका लागि आइसियु शैया लगायतका स्वास्थ्य उपकरणहरु खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको बताए । त्यसैगरी तामाकोसी अस्पतालमा हस्तान्तरण गरिएको आइसियु शैया र स्वास्थ्य उपकरणहरु तत्काल सन्चालान गर्नका खातिर उहाँले अनुरोध समेत गरेका छन् । कोरोना भाइरस अवधिभर आइसियुमा लाग्ने चिकित्सक र चाहिने जनशक्तिलाई आवश्यक पारिश्रामिक समेत कान्छाराम तामाङले नै व्यवस्थापन गर्ने समाजसेवी कान्छाराम तामाङले बताए ।
कार्यक्रममा बोल्नु हुँदै समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले कोरोना महामारीमा अक्सिजन नपाएर अकालमा जनताहरुले ज्यान गुमाइरहेको भन्दै मन्थली नगरपालिकाले १२ रोपनी जग्गा व्यवस्था गरिदिए आगामी तीन महिनाभित्र अक्सिजन प्लान्ट समेत निमार्ण गरिदिने बताए । अक्सिजन प्लान्ट निमार्णको लागि आवश्यक सहयोग मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोग पाएमा तत्काल जिल्ला सदरमुकाममा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा समेत गरेका छन् ।
तामाकोसी अस्पताललाई प्रदान गरिएको आइसियु शैया छिटो भन्दा छिटो सञ्चालनमा ल्याइने तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । उनले भने– रामेछाप जिल्लामा आइसियु शैया नहुँदा धेरै समस्या थियो । पहिलो पटक तामाकोसी अस्पताललाई समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले आइसियु शैया प्रदान गर्नुभएको छ । यसलाई तत्काल सञ्चालनमा ल्याएर गम्भिर भएका कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन धेरै सजिलो हुने बताए ।
तामाकोसी अस्पताललाई आइसियु शैया उपलव्ध गराएर समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले महान पुण्य प्राप्तिको कार्य गरेको तामाकोसी अस्पतालका डा. सुमन कर्माचार्य (गरिबहरुको डाक्टर ) ले बताए । उनले भने– अस्पतालमा आइसियु शैया नहुँदा बिरामीलाई रिफर गरेर पठाउनु पर्ने, कतिपय बिरामीहरुको बिच बाटोमा नै अकालमा ज्यान गुमाउनु पर्ने र राजधानी पुगेका बिरामीहरुले पनि बिभिन्न अस्पताल चाहार्दा पनि शैया पाउन नसक्दा ज्यान गुमाउनु पर्ने बाध्यता अब अन्त्य भएको बताए ।
हस्तान्तरण कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेस कुमार बस्नेतले अस्पताललाई अति आवश्यक आइसियु शैया र उपकरणहरु प्रदान गरेर सहयोग गरेको भन्दै समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) को प्रशंशा गरेका थिए । उनले– अस्पताललाई आवश्यक पर्ने जस्तो सुकै सहयोग पनि मन्थली नगरपालिकाले गर्ने बताए । त्यसैगरी रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले अक्सिजनको अभाव र आइसियु शैयाको अभाव खड्किदा जिल्लामा कोरोना सङ्क्रमित दुई जनाले अकालमा ज्यान गुमाउनु परेकोले अब उप्रान्त कुनै यस्तो अप्रिय घटना नहोस् भन्दै अस्पताललाई आवश्यक उपकरण प्रदान गरेर समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले ठूलो गुण लगाएको बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्तिको अभाव, आवश्यक उपकरणहरुको अभाव खड्किएको बताए । उनले भने– ठूला ठूला महामारीहरु आउँदा त्यसलाई वेवास्थापन गर्ने किसिमको संरचना निमार्णमा हामीहरु चुकेको रहेछौं । यस्तो कोरोना महामारीको समयमा अस्पताललाई उपकरण हस्तान्तरण गरेर राम्रो काम गरेको भन्दै समाजसेवी समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) लाई धन्यवाद व्यक्त गरेका छन् ।
यसै गरी नेपाली काँग्रेसका पार्टी सचिव लेखवहादुर कार्कीले गम्भिर प्रकृतीका कोरोना संक्रमितलाई बचाउने उद्धेश्यले समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले अस्पताललाई आइसियु शैया उपलव्ध गराएकोमा पार्टीको तर्फवाट र आम रामेछाप जनताहरुको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोनाले कुनै पार्टीका नेता वा कार्यकर्ता कसैलाई पनि नचिन्ने भएकाले आम नागरिकहरुलाई कोरोना लागेको खण्डमा बचाउन अति आवश्यक रहेको आइसियु वेड उपलव्ध गराएर आम रामेछापले जनताहरुको मन जित्न सफल भएको भन्दै समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) को खुलेर प्रशंसा गरे ।
यस अघि समाजसेवी एवम् नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले आफ्नो व्यक्तिगत लगानीमा जिल्लामा एक दर्जन भन्दा बढी एम्वुलेन्स विभिन्न स्वास्थ्य चौकी र क्लवहरुलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी समाजसेवी कान्छारामले २०७२ सालको विनासकारी भुकम्पको समयमा, विभिन्न विपदका घटनाहरुमा समस्या परेका जनताहरुलाई आफ्नै खर्चमा हेलि कप्टर चार्टर गरेर उद्धार र राहात वितरण गरेर आम रामेछापेली जनताहरुको मन जित्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस