वि वि सि टप सयमा पर्न सफल सपना राेकामगर निशुल्क खाना तथा खाद्यान्न वितरणमा व्यस्त,
331 Views
रजनि तामाङ , पाेखरा खाेज मिडिया जेष्ठ ३ । काेभिड-१९ महामारीका कारण खाना खान नपाई भाेकै बस्नु परेका पिडित नेपालीहरुलाई खाना खुवाउन सक्रिय भएर लागि परेकि छिन, सपना राेकामगर । सपना राेका पहिलाे चरणका काेभिड-१९ महामारीकाे समयमा पनि निशुल्क खाना खुवाउने कार्यमा व्यस्त थिईन । सपनाले आफ्नाे फेसबुक मार्फत खाना खुवाउँदै गरेका तस्बिर राख्दै यस्ताे लेखेका छन्-“याे विषम परिस्थितिमा हुनेले दिने नहुनेले लिने समय हाे ! सबैजना सुरक्षित भएर बसिदिनु हाेला , राेग र भाेेेककाे याे महामारीमा आ-आफ्नाे सुरक्षा आफैँ गराै” सपना राेका २०७२ सालकाे भुकम्पकाे बेला स्वतस्फूर्त रुपमा राहात र उद्दारमा खटिएका युवाहरुकाे समुहले गठन गरेकाे “हाम्रो टिम नेपाल” सगँ सहयात्री गर्दै अहिले सहयाेगी हातहरुकाे साथमा अहाेरात्र खटिरहेका छन् । उक्त टिमद्वारा अहिले काेभिडका बेला अक्सिजन सकंलन र बितरणमा समेत जुटेका छन् । साे टिमले पहिलाे चरणकाे लकडाउनकाे समयमा पनि दुखि, गरिब र असाहायहरुलाई निशुल्क खाना र पानी खुवाएकाे थियाे । त्यति मात्र नभई देशका विभिन्न क्षेत्रमा बाढि , पहिराे , आगालागी जस्ता विपत्तिमा समेत राहात जुटाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस