शक्तिशाली चक्रवातका कारण ४जनाकाे मृत्युु सतर्क रहन माैसबिद्काे आग्रह ,
318 Views
रजनि तामाङ, पाेखरा खाेज मिडिया जेष्ठ ३। विस्वभर महामारी झेलिरहेका अवस्थामा शक्तिशाली चक्रवात पैदा भएकाे छ । नेपालमा चक्रवातले प्रतक्ष असर नपारेपनि देशकाे पुर्वी भागमा भने कहि असर पर्ने भएकाले सतर्क रहन माैसबिद्ले आग्रह गरेका छन । महामारी झलिरहेका अवस्थामा छिमेकी राष्ट्र भारतमा भने यतिबेला अति शक्तिशाली चक्रवतले ठुलाे समस्या उत्पन्न गराएकाे छ । पुर्वीमध्य अरब सागरमा बनेकाे शक्तिशाली चक्रवात अझै विकसित हुने क्रममा रहेकाले यसले भारतमा थप क्षति पुराउने आशङ्का गरेका छन् । साे चक्रवातका कारण मङ्गलबारबाट नेपालका धेरै स्थानमा माैसम सामान्यदेखि पुर्णसम्म बद्लि हुने सम्भावना रहेकाे छ । बुधबार बेलुकादेखि शुक्रबार सम्म भने कर्णाली , सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्मका भारी वर्षा हुने सम्भावान छ । अति शक्तिशाली चक्रवातले भारतकाे गाेवामा सबैभन्दा बढि असर पारेकाे छ । तिव्र गतिमा हावा चलेका कारण रुखहरु ढलेका छन । भारतीय सञ्चारमाध्यमका अनुसार अरबसागरमा बनेकाे “ताउते” चक्रवातले गुजारत र महाराष्ट्र सहित भारतका ७राज्यमा वध्वसँ मच्चाउन सुरु गरेकाेछ । पछिल्लो २४घन्टा मा ठुलाे वर्षा भईरहेकाे छ । त्यसैगरि कर्नाटककाे ६वटा जिल्लामा चक्रवातकाे ठुलाे असर परेकाे छ। साे जिल्लाका ७३गाउँ चक्रवातबाट प्रभावित भएका छन भने जसका कारण अहिले सम्म ४जनाकाे मृत्यु भईसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस