अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएकाे भन्दै जिल्ला प्रशासनमा उजुरि ,
633 Views
रजनि तामाङ , पाेखरा खाेज मिडिया जेष्ठ ३ । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएकाे भन्दै जिल्ला प्रशासन कार्यलय सल्यानमा जडान गरिएकाे अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएकाे खुलाासा भएकाे छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि अनियमितता खुलासा भएसगैं जिल्ला प्रशासन कार्यलयमा उजुरि गरेकाे थियाे । उजुरि परेपछि आईतवार छानविन गठन गरिएकाे छ । जिल्ला प्रमुख सहायक लक्ष्मीदेवि हुमागाई, थमन खड्काकाे संयाेजक्त्वमा काेलेनिकाकाे कर्मचारी, शारदा नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख र बायाेमेडिकल ईन्जिनियर सदस्य रहेकाे टाेलिले छानबिन समिति गठन गरिएकाे जिल्ला प्रमुख अधिकारीले बताउनुभयाे । सामान उपलब्ध गराउने कम्पनीले गडबडी गरेकाे पाएमा उक्त कम्पनीलाई कालाेसुचिमा राखिने तथा छानबिनमा दाेषि ठहरिएका जाे-काेहिलाई पनि कारबाहीको दायरामा ल्याईने र भुक्तानी पनि राेक्का गरिने अधिकारीकाे भनाई छ । जिल्ला स्वास्थ्य सेवा कार्यलयले अक्सिजन प्लान्ट भन्दै ४९लाखमा खरिद गरेकाे जानकारी दिएकाे छ । अक्सिजन प्लान्ट भनेकाेमा कन्सन्ट्रेटर भएकाे र उक्त कन्सन्ट्रेटरलाई त्यति धेरै पैसा नपर्ने चिकित्सकहरुले बताएका छन । स्वास्थ्यसेवा कार्यलयका अध्यक्ष सिपि ओलिले सामान खरिद गर्दा आफुलाई एकवचन पनि नसाेदेकाे भन्दै यस विषयबाट पन्छिएका छन ।
प्रतिक्रिया दिनुहोस