चिन सरकारबाट अनुदानमा पाएकाे १८हजार अक्सिजन सिलिन्डर नेपाल भित्रीयाे,
770 Views
विश्वभर फैलिएकाे काेभिड-१९ अर्थात काेराेना सङ्क्रमितकाे उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेका छन् । चिनबाट १८हजार खालि अक्सिजन सिलिन्डर नेपालमा आईपुगेकाे छ । स्थलमार्ग हुँदै हिजाे मात्र १८हजार सिलिन्डर नेपाल आईपुगेका छन् । काेराेना सङ्क्रमण व्यवस्था केन्द्रका संयाेजक ईस्वर पाेखरेल, उपप्रधानमन्त्री र प्रेस सल्लाहकार गणेश पाण्डेले १८हजार सिलिन्डर तातोपानी नाकामा आईपुगेकाे जानकारी दिनुभयाे । तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याईने उहाँको भनाई छ । शनिबार सिलिन्डर ल्याउनकालागि जहाज चिन गएकाे थियाे । सिलिन्डर अभाव हुन थालेपछि नेपाल सरकारले चिन सरकारबाट अनुदानमा १८००० खालि सिलिन्डर ल्याएकाे हाे । यसअघि ४००सिलिन्डर नेपाल वायुसेवा निगमकाे वाईडबडि विमानबाट ल्याएकाे थियाे । १८हजार आईसकेपछि बाँकी १६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारि भईरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस