प्रधानमन्त्री ओलिले लिएकाे शपथ कानुन विपरीत भएकाे भन्दै मन्त्री र राष्ट्रपति विरुद्ध मुद्दा दायर,
527 Views
रजनि तामाङ , पाेखरा खाेज मिडिया जेष्ठ ३। प्रधानमन्त्री केपि शर्मा ओलिले शुक्रबार पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्दा दुईवटा महत्त्वपूर्ण अंश भन्न छुट्टयाइएका थिए । मन्त्री ओलिलाई शुक्रबार राष्ट्रपति विद्यादेवि भन्डारीले गराएकाे शपथ ग्रहण पुरा नभएकाे भन्दै शपथ विरुद्ध सर्वाेच्च अदालतमा रिट पेश भएकाे छ । अधिवक्ता चन्द्रकान्ता ज्ञवालीले प्रधानमन्त्रीले लिएकाे शपथ कानुन विपरीत भएकाले बदर गर्न पनि माग गरिएकाे सर्वाेच्च सर्वाेच्च अदालत रिट महाशाखा स्राेतले बतायाे । शपथ ग्रहण पछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्ति विरुद्ध अधिवक्ता सन्ताेष भन्डारीले पनि अर्काे रिट पेश गरेका छन् ।ओलिकाे रिटमा पुर्याउनैपर्ने रित पूरा नभएकाे र ज्ञवालीको रिट अध्यनकै क्रममा रहेकाले हिजाे जेष्ठ २गते दर्ता गर्न नसकिएको सर्वाेच्चकाे रिट महाशाखा स्राेतले जानकारी दियाे । मुलुक र जनता प्रति पुर्ण बफदार रहि “सत्य निस्ठापुर्वक त्याे प्रतिज्ञा गर्छु कि” भनेर राष्ट्रपति भन्डारीले शपथ गराउँदा प्रधानमन्त्री ओलिले भने “यो पर्दैन” “याे पर्दैैन” भन्दै शपथ ग्रहण अगाडि बढाएका थिए । उहाँकाे त्यस्तो जवाफ सुनेर राष्ट्रपति भन्डारी मुसुमुसु हाँसेकी थिईन । त्यसैगरि ओलिले शपथमा प्रयाेग भएकाे “ईश्वर” भन्ने शब्द पनि उच्चारण गरेनन् शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्रीले शपथकाे गरिमा लत्याईएकाे र राष्ट्रपतिकाे समेत मानमर्दन गरेकाे भनी एक पुर्वप्रधान न्यायाधीशले बताए । मन्त्रीले शपथ लिने भनेकाे संविधान र कानुनमा जे छ त्यहि हाे । आफुले जे मन लाग्छ त्यहि भन्ने भएत शपत किन लिनुपर्थ्याे ? म संविधान र कानुनकाे अधिनमा छु भन्ने कुरा मान्नेले एक शब्द यताउता गर्न पाईदैन त्याे नमान्ने हाे भने अर्कै कुरा हाे । उनले भने , “उहाँले शपथका क्रममा “याे पर्दैन” भनेर आदेशात्मक भाषामा जसरि भन्नुभयाे त्याे सरासर राष्ट्रपतिको अनादार हाे ।”
प्रतिक्रिया दिनुहोस