दक्षिणकाली न.पा. का मेयर र उप मेयर उदाहरनिय काम गर्नु हुदै
559 Views
रोमन लामा
रामेछाप ०२ जेष्ठ खोज मिडिया। अहिले दोस्रो भेरियन्टको कोरोना कहर सुरु भएको केहि समय यता स्थानीय तह अन्तर्गतका नगरपालिकाका मेयर र उप मेयरहरु तथा गाउँपालिकाका अध्यक्ष र उप अध्यक्षहरु आफुले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामीहरुलाई अस्पताल पुर्याउन र ल्याउनका लागि आफुले प्रयोग गरि राखेको गाडी दिने देखि लिएर कतै आफ्नो निजि निवास नै आइसोलेसन सेन्टर बनाउन दिने सम्मको उदाहरणीय कार्यहरु हुदै आएको सम्पूर्णमा सर्ववितितै छ।
यस्तै उदाहरनिय कार्य काठमाण्डौ जिल्लाको दक्षिणकाली नगरपालिकाकामा भएको छ। दक्षिणकाली नगरपालिकाकाका मेयर मोहन बस्नेत र उपमेयर बसन्ती तामाङले आफूहरुले प्रयोग गर्दै आएका २ वटा गाडीहरु कोरोना सङ्क्रमितहरुलाई एम्वुलेन्सको रुपमा शुक्रबारबाट प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।
हामीले गर्न सकिने हाम्रो स-साना सहयोगले कोरोनाको सक्रिय सङ्क्रमितहरुलाई सजिलो हुने हेतुका साथमा हामीले आफुले प्रयोग गर्ने गरेको गाडी सहयोग गर्ने भएका छौ। दक्षिणकाली नगरपालिकाका बासिन्दाहरुको सुख-दुखमा हामी स्थानीय जनप्रतिनिधिहरुले साथ सहयोग गर्न आवश्यक छ भन्ने ठानेकोले उक्त सहायोग गरेको जानकारी दिनु भएको छ।
त्यसैगरी सोही नगरपालिकाका उप मेयर बसन्ती तामाङले कोरोना सक्रिय सङ्क्रमितहरु र दिर्घ रोगीहरुको लागि थप सहयोग पुगोस् भन्ने अभिप्रायले हामीले आफैँले प्रयोग गर्दै आएको गाडी जनाताको सेवा र सुविधाको खातिर दिने भएका छौ। यो बेलामा समस्यामा पर्दा पनि एम्बुलेन्स सहज रुपमा नपाई राखेको स्थितिमा कोरोना सक्रिय सङ्क्रमितहरुलाई एम्बुलेन्सको रुपमा गाडी प्रयोग गर्न दिने घोषणा गरेका छौं भनी भन्नु भएको छ।
प्रतिक्रिया दिनुहोस