कोरोना सङ्क्रमणबाट एकै दिन १४५ जनाको मृत्यु
320 Views
रोमन लामा
रामेछाप ०२ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै कोरोना भाइरस सङ्क्रमणबाट एकै दिन १४५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८८३ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ७३६८ जनामा कोरोना सक्रिय सङ्क्रमण पुष्टी भएको छ। कोरोना सक्रिय सङ्क्रमितहरु मध्येमा ६५८ जना बालबालिका रहेका छन्। ६६४८ जनाले आज कोरोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस