Breaking: काेराेना सङ्क्रमित सङ्ख्या आज ह्वात्तै घट्याे ।
267 Views

पाेखरा खाेज मिडिया जेष्ठ २ । नेपालभरि पछिल्लो २४ घण्टामा ६६४८ जना काेराेना सङ्क्रमित डिस्चार्ज भएका छन । अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या ३,३३,१०८ जना पुगेकाे छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले बताए अनुसार नेपालमा काेराेना सङ्क्रमण निकाे हुनेकाे दर ७४.६% रहेकाे छ । मन्त्रालयका अनुसार सङ्क्रमित मध्य देशभर १,३१३जना आईसियुमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन भने अधिकासं सङ्क्रमितकाे सङ्ख्या १लाख १०हजार २६३पुगेको छ । त्यसैगरि आज सङ्क्रमणका कारण १४५ जनाकाे ज्यान गएकाे पनि जानकारी दिए । काठमाडौ उपत्यका भित्र भक्तपुर मा २९२ , ललितपुरमा ४३६ र काठमाडौमा १८८१ गरि जम्मा २६०२९ जनामा सङ्क्रमण पुष्टि भएकाे गाैतमले जानकारी दिए । विरेन्द्र सैनिक अस्पताल छाउनीमा काेराेना सङ्क्रमित उपचाररत कार्कीको आईतवार बिहान निधन भएकाे परिवारले जानकारी दिएकाे छ । कार्कीले निर्दशन गरेका चलचित्र मध्य -भुमरि, पहिलाे प्रेम, परिवर्तन , सिन्दुर, विस्वास लगाएतका चलचित्र रहेका छन । उनले लेखेका चलचित्रमा परिवर्तन ,सिन्दुर, माषा प्रिति,राँकाे,जिवनरेखा आदि हुन् । कार्कीलाई नेपाली चलचित्र क्षेत्रमा बाैद्दिक र हकि स्वभावका चलचित्र कर्मीका रुपमा चिनिन्छ । त्यसैगरि नेपालगञ्जमा कर्यरत पत्रकार रईश साईकाे काेराेना सङ्क्रमणबाट शनिबार मृत्युु भएकाे छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेकाे खबर नेपालगञ्ज डटकमका सम्पादक समेत रहेका साईकाे शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएकाे हाे । नेपालगन्ज निवासी साईकाे शनिबार ईस्लामिक परम्परा अनुसार अन्त्यस्टि गरिएकाे छ । नेपालमा दाेस्राे भेरियन्टकाे काेराेना कहरबाट जाेगिनका लागि पत्रकार महासङ्घ बाँकेले स्वास्थ्यकाे पूरा पालना गर्दै सञ्चार कार्य गर्न आग्रह गरेका छन् । बाँकेमा वैशाख महिनामा मात्रै २४२ जनाकाे काेराेना बाट मृत्यु भएकाे छ । उपचारका लागि बाँके मा जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाभित्र कै १६७जनाकाे मृत्यु भएकाे जिल्ला काेभिड सङ्कट व्यवस्थापन केन्द्र बाँके का स्राेत तेज आलिले जानकारी दिए । उनका अनुसार सङ्क्रमणका कारण ज्यान गुमाउने महिला सङ्ख्या १०१ र पुरुष सङ्ख्या १४१ रहेका छन । करिब ३हजार भन्दा बढि सङ्क्रमित हाेमआईसुलेसनमा रहेकाे जिल्ला काेभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका ओलिले बताए ।
प्रतिक्रिया दिनुहोस