काे हुन् त यी व्यक्ति ? जसले २२थान अक्सिजन सिलिन्डर अस्पताल पठाईए ।
455 Views
पाेखरा खाेज मिडिया जेष्ठ २ । विस्वभर फैलिएका काेराेना सङ्क्रमित बिरामी अक्सिजन नभएर अक्रान्त भएका बेला वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डाेटिका लागि २२थान अक्सिजन सिलिन्डर पठाउनु भएकाे छ । मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनिहरुका आफन्त निकै नै खुसि भएका छन । जिल्ला अस्पताल डाेटिमा अक्सिजन नहुँदा काेराेना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएकाे गुनासाे आएपछि मन्त्री आलेले आफ्नाे व्यक्तिगत लगानीमा नेपालगन्जबाट जिल्ला अस्पतालका लागि अक्सिजन भरिएकाे ठुलाे १७ तथा सानाे ५ गरि जम्मा २२ थान सिलिन्डर पठाईएकाे उनका कार्य सचिव हेमन्त रेग्मीले जानकारी दिए । अस्पतालमा मन्त्री आलेकाे पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका आफन्त सम्पूर्ण नागरिकहरु खुसि हुनुका साथै काेराेना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज बनेकाे जिल्ला अस्पताल डाेटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जाेशीले बताए । मन्त्री आलेकाे सहयाेगमा ५० थान अक्सिजन सिलिन्डर ,५०,०००माक्स तथा ५० थान भरिएका अक्सिजन सिलिन्डर सेती प्रदेशिक असपताल कैलालीका लागि पठाउने तयारी भईरहेकाे बताए । मेडिकल सुपरिटेन्डेन्ट जाेशीका जानकारी अनुसार मन्त्री आलेले आफ्नाे व्यक्तिगत सहयाेगबाट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने ५ अक्सिजन कन्सेन्टेचर मेसिन पठाउने पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस