काेराेना महामारी राेक्न भाकाल राखेर कालीका देविलाइ बलि चढाए ।
689 Views
जाजरकोट जिल्लाकाे नलगाडा नगरपालिका वार्डनं. ८ हलचाैर स्थित जेष्ठ १गते शनिबारका दिन दिउँसो गाउँलेहरु जम्मा भएर कालिकामाई देवीलाई बाेका बलि चढाएका छन् । विस्वभर फैलिएकाे काेराेना महामारीले सबैतिर आक्रानत पारिरहेका बेला नेपालकाे जाजारकाेट जिल्लाका बासिन्दाले काेराेना महामारी राेमथाम गर्नका लागि कालिका देबिकाे भाकाल राखेर कालिका देबिलाई बलि चढाएका छन् । काेभिड-१९ सङ्क्रमणका कारण नलगाडमा एक जनप्रतिनिधिको मृत्युु भएसगैं छिमेकी रुकुम पश्चिमकाे ८बिसकाेट नगरपालिकामा व्यापक मात्रामा काेराेनाकाे सङ्क्रमण बढेपछि साे राेग राेमथाम गर्नका लागि बलि दिएकाे स्थानीय बासीन्दाले जानकारी दिए । यहीँ आउँदाे जेष्ठ १२गते मष्टाे देवतालाई बलि दिनेगरी हिजाे शनिबारका दिन बाेकाकाे भाकल गरिएकाे छ । हिजाे शनिबारदेखि रातभर खर्कराती गर्ने याेजनाका साथ गाउँलेहरु जम्मा भएकाे गाउँ बासिन्दाले बताए । धामी हर्क बहादुर खत्रीकाे भनाई छ ,-“काेराेनाकाे आैषधि बनेकाे छैन, हाम्रो गाउँमा समेत एकजनालाई काेराेना देखियाे बाँच्ने उपाय नभएपछि देबिकाे शरणमा पुगेका छाैं । याे राेग नियन्त्रण गर्न मष्टाे देवता र कालिकामाई बाहेक अरुले राेग नियन्त्रण गर्न सकिदैंन ।” जाजरकोटमा झाँडापखाला राेग नियन्त्रणका लागि पनि यहाँका बासिन्दाहरु देवताकै शरणमा गएका थिए । गाउँलहरुले पैसा जम्मा गरि उठाएकाे रकमले बाेका खरिद गरि देेेवताका नाममा बलि दिने चलन परापुर्वदेखि रहेकाे छ । जाजरकोटका बासिन्दाहरु मष्टाे देवतालाई मान्ने गर्छन् र उनिहरु हरेक पटक आफ्नाे कुल देवता, गाउँ तथा देशमा महाविपति आईलागेकाे समयमा यहि देबिकाे शरणमा जाने गरेकाे गाउँले बताउँछन् ।
प्रतिक्रिया दिनुहोस