पाेखरामा साईकल र पैदल यात्रालाई पनि राेक लगाईदै कारण यस्ताे रहेकाे छ ।
307 Views
पाेखरा खाेज मिडिया जेष्ठ २ । पाेखरा कास्की जिल्लामा जेष्ठ १गते बिहाना ५बजे देखि लागू हुनेगरि जेष्ठ ७गते सम्मका लागि निषेधाज्ञा थप गरिएकाे छ भने आज पनि साे नियम लागू गर्दै कडा निषेधाज्ञा भएकाे छ । सङ्क्रमण स्थिति भयावह हुन नदिने भन्दै यश अघि पनि लागू गरिएकाे लकडाउनकाे समयवधि सकिनसाथ लागू हुने गरि थप एक साताका लागि कडा निषेधाज्ञा जारी गरिएकाे हाे । कास्की जिल्लामा वैशाख १५गतेदेखि निषेधाज्ञाकाे आदेश जारी भएको थियो भने वैशाख २१गते पुन: वैशाख महिनाभरि सम्मका लागि समय थपिएको थियो । पाेखरामा सङ्क्रमणका दर बड्दै गएपछि पुन : १साताका लागि थप गरिएकाे हाे । हिजाे जेष्ठ १गतेबाट थप निषेधाज्ञामा प्रशासनले कडाई गरेकाे छ । सम्पुर्ण जिल्लामा अनावश्यक हिडडुल गर्न समेत नपाईने गरि कडाई गरिएकाे छ । बिना काम हिड्ने र कार्यस्थलमा जानका लागि हिड्ने विभिन्न मजदुरहरुलाई समेत राेक लगाईकाे छ । कास्की जिल्ला प्रशासनले जेष्ठ १गतेदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी र श्रमिकलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बस्नकाे लागि व्यवस्था गरि सञ्चालन गर्न सकिने भनी आदेश जारि गरेकाले कार्यस्थल जानका लागि भनेर हिड्ने व्यक्तिलाई समेत राेक लगाइएकाे कास्की प्रहरी प्रमुख एसपि जीवन कुमार श्रेष्ठले बताउनुभयाे । मेडिकल बाहेकका अन्य सेवाहरुमा पनि निषेधाज्ञा गरिएकाे छ । पाेखरामा दिनहुँ सङ्क्रमण बड्दै गएकाे हुँदा निषेधाज्ञा समय कडाइका साथ थप गरिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस