एक हप्ता थप कडाइका साथ निषेधाज्ञा रौतहटमा
256 Views
ललन कुमार चौरसिया
रौतहट ०१ जेष्ठ, खोज मिडिया । रौतहट जिल्लामा कोभिड १९ कोरोना भाइरस संक्रमितले ज्यान गुमाउनेको संख्यामा बृद्धी हुदै गरेकोले थप कडाइका साथ शनिबारबाट निषेधाज्ञा रौतहटमा थपिएको छ । निषेधाज्ञामा थप कडाइका साथ गरेपछि रौतहटका हाट बजार तथा सहरी क्षेत्रहरु सुनसान तथा सन्नाटा देखिएको छ । जिल्लामा कोभिड १९ कोरोना संक्रमितको अवस्था भ्यावह हुदै गएपछि स्थानीय प्रशासनले बजार बन्द गर्ने ,सवारी आवागमनमा कडाइ गर्ने लगाएका निर्णय गरेको छ । शनिबारबाट एक हप्ताका लागि रौतहटमा पुर्ण रुपमा निषेधाज्ञा भएको छ । शनिबारबाट स्थानीय प्रशासनले आम सर्बसाधारणका लागि आफ्नो सुरक्षा आफै गर्न र स्थानीय प्रशासानले गरेको निषेधाज्ञाको उल्लंघन गरेमा कडा भन्दा कडा कार्यवाही समेत गरिने छ ।
प्रतिक्रिया दिनुहोस