प्रदेश खेलकुद परिषद्काे लाेगाे सार्वजनिकसंगै रणनीतिक कार्य याेजना तय ।
1012 Views
पाेखरा खाेज मिडिया जेष्ठ १ । गण्डकी प्रदेश खेलकुद परिषद्काे लाेगाे सार्वजनिक गरेसंगै रणनीतिक कार्य याेजना तय गरेकाे छ । जुम मार्फत सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषद्काे लाेगाे सार्वजनिकसंगै रणनीतिक कार्य याेजना तय गरेकाे हाे । लाेगाेमा विशेषगरी चार विषयलाई झल्काएकाे छ । नेपालीको राष्ट्रिय झण्डा , प्रदेशकाे भाैगाेलिक नक्सा , प्रतिकात्मक टर्च लिएर दाैडिदै गरेकाे खेलाडी , राष्ट्रकाे गाैरवका रुपमा रहेकाे माछापुच्छ्रे हिमाल ,फेवाताल शान्ति र समृद्धिकाे प्रतीक नीलाे तथा सेताे रङसंगै ओलम्पिक रिङ्काे प्रतीकात्मक सङ्केतलाई एकाकार गरि प्रदेश खेलकुद परिषद्काे लाेगाे परिकल्पना गरिएकाे छ । प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशकाे लाेगाे सार्वजनिक गर्दै रणनीतिक कार्ययाेजना तयबारे जानकारी समेत दिएका थिए । उक्त लाेगाे निर्माणका लागि प्रदेश खेलकुद परिषद्ले सदस्य खगेन्द्र क्षेत्रीकाे संयाेजक्त्वमा तीन सदस्यीय समिति गठन गरेकाे थियाे । साेकाे सदस्मा केशव पाठक र निर्मला बराल रहनुभएकाे थियाे । “विस्वकाे २१आै शताब्दीकाे खेलकुदसंगै संयुक्त राष्ट्र सङ्घले अघि सारेकाे सन् २०३० सम्म दिगाे विकास लक्ष्य प्राप्ति गर्न हामी सफल हुनेछौं ” गुरुङले भन्नुभयो । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने मुल दृस्ठिकोणलाई प्रदेश खेलकुदकाे मार्ग चित्रण गरिने छ । प्रदेशका ११ओटै जिल्ला खेलकुदका अध्यक्ष सहित पदाधिकारी र प्रदेश खेलकुदका सदस्यकाे सहभागितामा भएको उक्त भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षले प्रशिक्षण तथा प्रतियोगिता पुर्वधार निर्णय प्राेत्साहान तथा पुरस्कार कार्यलय व्यवस्थापन र आर्थिक वर्षको बजेट निर्माण तथा नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे तयारीका विषयमा समेत छलफल गरिएको थियो । उक्त कार्यक्रममा भिजनरी ईन्टरनेस्नलका सिईओ ईन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गाैरव गर्ने प्रदेशको रुपमा रहेकाे उल्लेख गर्दै प्रदेशलाई खेलकुदकाे राजधानीका रुपमा अगाडि बढाउन प्रदेश खेलकुद परिषद्ले बाेकेकाे सपना चाडैं नै साकार हुने विस्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस