चरिकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण ।
526 Views
पाेखरा खाेज मिडिया जेष्ठ १ । चरिकोट अस्पतालमा काेभिड सङ्क्रमित ३१ जनाकाे उपचार भईरहेकाे छ । ती मध्य चार जनाकाे गम्भीर अवस्था रहेकाे अस्पतालका निर्देशक डा.विनाेद डंगालले बताउनुभयो । जिल्लामा आज सम्म दाेश्राे चरणकाे काेभिडका कारण ४३३ जना सङ्क्रमित भईसकेका छन । ती मध्ये हाल सम्म १९ जना निकाे भईसकेका छन भने ४जनाकाे मृत्युु भएकाे छ । काेभिड राकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यलय दाेलखाले ५८थान अक्सिजन सिलिन्डर सङ्कलन गरि चरिकोट अस्पताललाई हस्तान्तरण गरेकाे छ । जिल्लाका विभिन्न ठाउँमा रहेका खालि तथा भरिएकाे अक्सिजन काे सिलिन्डर प्रहरीले सङ्कलन गरेर चरिकोट अस्पताललाई प्रदान गरेकाे दाेलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस