गाउँ गाउँमा सङ्क्रमित बढेपछि स्थानीय त्रसित ।
278 Views
पाेखरा खाेज मिडिया जेष्ठ १ । गाउँ गाउँमा सङ्क्रमित बढेसगैं स्थानीय तहले संकलन गरि प्रदेश प्रयाेगशालामा पठाएकाे स्वाबकाे रिपोर्ट पाँच दिन सम्म पनि प्राप्त हुन निकेकाे अवस्था छ । जिल्ला स्वास्थ कार्यलय गाेर्खाका अनुसार अझै एक हजार भन्दा बढिकाे रिपोर्ट आउन बांकि छ । काेराेनाकाे लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएकाे स्वबकाे रिपोर्ट ढिलाे आउदा समुदायमा संक्रमण बढेकाे छ । जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाकाे शुक्रबार रिपोर्ट नआउदै मुत्यु भयाे । मृत्यु भएकाे तीन घण्टा पछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट उनिहरु काेराेना पाेजेटिभ भएकाे रिपोर्ट आयाे । सहिद लखन गाउँपालिका ४का ४२ वर्षिय बाबुराम लामिछाने काे पिसिआर रिपोर्ट शुक्रबार दिउँसो मृत्युु हुदा सम्म आएकाे थिएन । उनले वैशाख २६ गते स्वब दिएका दिए । त्यस्तै पालुङटार नगरपालिका २का ६५ वर्षिय रामचन्द्र बस्नेतकाे आँपपिपल अस्पतालमा उपचारका क्रममा निभन भयाे । उनले स्वब २८ गते दिएका थिए । शुक्रबार मृत्यु हुदा सम्म उनकाे पनि रिपोर्ट आएकाे थिएन ।
प्रतिक्रिया दिनुहोस