कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम
227 Views
कोरोनाविरुद्धको खोप लगाउनेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मंत्रालयले अनलाइन मार्फत फारम उपलब्ध गराउने भएको छ ।
७७ जिल्ला र ७ वटै प्रदेशमा खोप लगाउन चाहने १८ वर्ष भन्दा माथि उमेरका सबैलाई अनलाइन फारम भरेर पहिले नै नाम दर्ता गर्न आग्रह गरेको छ ।
अहिलेको जटिल अवस्थामा नाम दर्ता गर्न निकै कठिनाइ पर्ने विगतको अनुभवलाई मूल्यांकन गरी खोपलाई सहज बनाउन अनलाइन फारम भर्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
अनलाइन फाराम नभरेकाहरुलाई पनि खोप लगाउनबाट भने बञ्चित नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस