मुद्दा फिर्ता नलिए यस्ताे सम्म गर्ने (जसपा)काे याेजना ।
272 Views
पाेखरा खाेज मिडिया जेष्ठ १ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएकाे छलफलमा ओलिले सरकारमा सहभागी हुन प्रस्ताव ठाकुर र महताेलाई गरेका हुन । सरकारले आफ्नाे केही माग पूरा गरेकाे तर अझ धेरै पूरा गर्न बांकी रहेकाले मुद्दा सम्वाेधन पछि मात्रै सरकारमा सहभागी हुने आश्वासन जसपा नेताले दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलिले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टीले अस्वीकार गरेको छ । आफ्ना माग सम्वाेधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री ओलिलाई दिएका छन । जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफुहरु अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । संविधान संशोधन , मधेस आन्दोलन क्रममा लगाईएका झुठा मुद्दा फिर्ता ,जेलमा रहेका संसद रेशम चाैधरीकाे रिहाइ ,लालआयाेगकाे प्रतिवेदन सार्वजनिक ,नागरिकता लगायत मुद्दा जसपाले उठाउंदै आएकाे छ । कहि समय अघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महताेकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिईसकेका छन् । आफ्नाे माग केही पूरा भएकाे र केही बांकि रहेकाे भन्दै ठाकुर -महताे समुहगत वैशाख २७ गतेका दिन विस्वासकाे मतका बेला तटस्थ बसेकाे थियो तर जसपा संघिय परिषत अध्यक्ष उपेन्द्र यादव समुहले ओलिकाे विराेधमा मतदान गरेका थिए । भट्टराई -यादव समुहले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र माओवादी केन्द्र सगँ मिलेर सरकार गठन गर्ने गृहकार्य गरेका थिए तर ठाकुर र महताेकै कारण उनिहरुकाे याेजना असफल भई ओलि नै प्रधानमन्त्री हुन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस