एयर लिफ्टबाट ल्याईयाे (११९)एक सय उन्नाईस अक्सिजन सिलिन्डर ।
406 Views
खाेज मिडिया पाेखरा जेष्ठ १ । मन्त्रालयकाे समन्वय तथा पहलमा बिहिबार ६० र शुक्रबार ५९ गरि ११९ अक्सिजन सिलिन्डर नेपाली सेनाकाे स्काई ट्रक मार्फत एयर लिफ्ट गरेर काठमाडौ ल्याईएकाे छ । शनिबारदेखि स्थलमार्गबाट समेत भरिएका अक्सिजन सिलिन्डर ल्याउने गरि मन्त्रालयले आवस्यक तयारी गरेकाे छ । गृहमन्त्रालयकाे काेराेना महामारीबाट उत्पन्न परिस्थिति मा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएकाे छ । गृहमन्त्रालयले माेरङ् र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट रिफिल गरेर एयर लिफ्ट तथा स्थलमार्गबाट आवस्यक अक्सिजन राजधानी ल्याउन सुरु गरेकाे हाे । गृहमन्त्राालय प्रवक्ता जनकराज दाहालले काेभिड उपचारका लागि जीवन रक्षक आैषधिका रुपमा रहेकाे अक्सिजन अभाव हुन नदिन आपूर्ति तथा वितरण प्रणाली भरपर्दाे तथा व्यवस्थित बनाएर अभाव हुनबाट राेक्न गृहमन्त्रालयले सक्रियता बढाएकाे जानकारी दिए । उनले याे कार्य अभियानकै रुपमा चलाईने समेत उल्लेख गरेका छन् । गृहमन्त्रालयले उद्योगवाणिज्य तथा आपूर्ति मन्त्रालय , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे समन्वयमा विभिन्न उद्योग आयाेजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर संकलन गर्ने कार्य समेत तीव्रपारेकाे छ । यसका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यलयलाई समन्वय जिम्मा दिएकाे छ भने संकलन काम प्रहरी मार्फत भईरहेकाे छ । गृहमन्त्रालयले अस्पताल बाहेक अन्य प्रयाेजनका लागि विभिन्न उद्योग , व्यवसाय , आयाेजना, ईन्जिनियरिङ कलेज , सिटईभिटिई का तालिम केन्द्र तथा व्यक्तिसगं रहेका अक्सिजन सिलिन्डर संवत् : स्फुर्त रुपमा नजिककाे स्थानीय प्रशासन सुरक्षा निकायमा उपलब्ध गराई काेभिड उपचारकाे मानवीय कार्यमा याेगदान दिन समेत आग्रह गरेकाे छ । सकंलित अक्सिजन सिसिएमसिसगंकाे समन्वयमा वितरण गर्ने काम गृह मन्त्रालयले गरिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस