नेपाल टेलिकमले दियाे यस्ताे अफर ।
319 Views
खाेज मिडिया पाेखरा ३१ वैशाख । विस्वभर फैलिएकाे काेभिड-१९ का कारण नेपाल भरि निषेधाज्ञा र लकडाउनकाे अवस्था रहेकाे परिस्थितिलाई मध्यनजर गरि नेपाल टेलिकमले लकडाउन स्टे कनेक्टिड अफरका रुपमा अनलिमिटेड डे डाटा बाेनस अफर याेजना ल्याईएकाे छ नेपाल टेलिकम कम्पनीले वैशाख ३१ गते देखि एक महिनाका लागि याे अफर याेजना ल्याईएकाे हाे । अनलिमिटेड डे डाटा प्याक अफर ३१ रुपैँयामा उपलब्ध हुने र यसकाे स्पिड १एमबि पिएस सम्म हुने जनाईएकाे छ । यश अफर अन्तर्गत खरिद गरिएकाे प्याक चलाउन सकिने समयवधि २४घन्टा हुने कम्पनीले जनाईएकाे छ । दैनिक रुपमा एकपटक मात्र खरिद गर्न सकिने याे प्याक बिहान ५बजेदेखि बेलुकि ५बजे सम्म मात्र चलाउन सकिने जनाईएकाे छ । साे समय अघिपछि डाटा चलाउदा ग्राहाकले खरिद गरेकाे अन्य डाटा प्याक वा पेज युगाे उपयाेग हुने कम्पनीले जनाईएकाे छ । यस अवधिमा एमपाेस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट माेबाईलमा रिचार्ज गर्दा बाेनस डाटा उपलब्ध हुने जनाईएकाे छ । २सय रुपैँया देखि ४सय ९९रुपैँया सम्म रिचार्ज गर्दा ५००एमबि डाटा उपलब्ध हुने २२दिन भित्र प्रयाेग गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरि ५सय रुपैँया वा साे भन्दा बढि रकम रिचार्ज गर्दा १०२४ एमबि डाटा उपलब्ध हुने र ४दिन भित्र प्रयाेग गर्न सकिने कम्पनीले जनाएको छ । यी अफरहरु(4G )फाेरजि नेट्वोर्क मा प्रयाेग गरि तिव्र गतिकाे डाटा प्रयाेग गर्न सकिने कम्पनीले जनाएकाेछ ।
प्रतिक्रिया दिनुहोस