प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज हुदैँ
287 Views

पोखरा ३१ वैशाख खाेज मिडिया पाेखरा। यहि वैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न असफल हुनु भएका ओलीलाई रास्ट्रपति भण्डारीले संविधानकाे धारा ७६ काे उपधारा ३ अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठुलाे दलका नेताकाे हैसियतमा प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे । संविधानकाे धारा ७६ काे उपधारा २ अन्तर्गत नयाँ सरकार गठनकाे लागि दलहरुलाई दिएकाे समय सिमा सकिएपछि रास्ट्रपति विद्या देवि भण्डारीले ओलीलाई अल्पमतको सरकार गठन गर्ने गरी प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
विपक्षी दलहरु नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले अन्तिम घडि सम्म बहुमत जुटाउन गरिएकाे प्रयास सफल हुन नसकेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटाे खुलेको थियोे । प्रधानमन्त्री ओलीले अब ३० दिन भित्र संसदमा विस्वासकाे मत लिनुपर्ने छ । प्रधानमन्त्री ओलिकाे सपथ ग्रहण आज हुने रास्ट्रपति कार्यलयले जनाएकाेछ । सपथ ग्रहण पछि मात्र नयाँ मन्त्री परिषद गठन हुने पनि जनाएकाे छ ।
विपक्षी दलहरुले ३ दिन देखि बहुमत जुटाउनका लागि गरिएकाे प्रयास सफल हुन सकेन नेपली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि काङ्ग्रेस र माओवादी केन्द्रले सुरु गरेकाे बहुमतकाे प्रयास हिजाे साँझ सम्म पनि सफल हुन सकेन । जनता समाजवादी पार्टी वैकल्पिक सरकार बनाउन तयार नहुदा विपक्षीहरु पछि हट्न बाध्य भएका हुन् । दिनभरिकाे प्रयासपछि हिजाे राती ९ बजेकाे पदाधिकारी बैठकमा काङ्ग्रेस सभापति देउवाले ज.स.पा. का महन्थ ठाकुर , राजेन्द्र महतोलाई नयाँ सरकार गठनकाे लागि मनाउने प्रयास विफल भएकाे ब्रिफिङ गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस