रामेछाप जिल्लामा आज बिहान एक जना कोरोना सङ्क्रमितको मृत्यु
391 Views
रोमन लामा
रामेछाप ३१ वैशाख खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना कहरको सुरुवातसँगै हिजो र आजमा रामेछाप जिल्लामा दुई जना कोरोना सक्रिय सङ्क्रमितको मृत्यु भएको छ। हिजो बिहिबार खाँडादेवी गाउँपालिका वडा नं.-५ पकरवासका ४४ वर्षीय ओमप्रसाद ढुङ्गेलको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । आज बिहान रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भइरहेको एक जना पुरुष कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
आज मृत्यु हुनेमा रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं.-२ आलामपुरका ६३ वर्षीय माधव पकुवालको उपचारका क्रममा गत राती ज्यान गएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका संयोजक केशव फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक माधव पकुवालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि PCR परीक्षण गर्दा वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतक माधव पकुवाललाई वैशाख २९ गते बुधबार ११ बजे राती मन्थली स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस