गण्डकी प्रदेशका मुख्यमन्त्री लाई खुल्ला पत्र
1430 Views
माननीय मुख्य मन्त्री ज्यु गण्डकी प्रदेश, पुनः मुख्यमन्त्री सफतग्रहण पछि तपाईं ले गण्डकी प्रदेश लाई देशकै नमुना प्रदेश बनाउने प्रतिबद्धता जनाउनु भएको सुन्दा निकै खुसी लाग्यो।
तपाई लाई बधाई मात्रै हैन अभिनन्दन गर्ने मन छ । तर पुनः मुख्यमन्त्री भएकोमा तपाईं लाई आजै बधाई भन्ने हतारो गर्न अहिले नै त्यति सान्दर्भिक मानिन। बधाई अलि पछि दिदैगरौला। राजनीतिक उतारचढाव आएकोले राजिनामा दिनुभयो । अहिले प्रतिपक्षीको घाँटीमा हड्डी अड्किएको छ, उनिहरुले घाँटी र हड्डीको सहि अनुमान गर्न सकेनन्, समयले तपाईंको काधमा देश र प्रदेशको थप जिम्मेवारी थपिदिएको छ। समयले तपाइँ लाई जिम्मेवारी सहित अबसर दियेको छ। बिगतमा भए गरेका केही कमि कमजोरी को अनुभवले अहिले तपाईं लाई केही अफ्ट्यारो र सजिलो दुबै अबसर छन।
यो विषम परिस्थितिमा देशको बर्तमन अबस्थामा covid-19 कोरोना कहर सङ्गै अस्पताल र अक्सिजन को बारेमा सबै कुरा तपाईं लाई थाहानै छ। covid-19 रोकथाम का बिषयमा मा प्रचारप्रसार भन्दा कार्ययोजना र कार्यनयन अनि नियन्त्रणमा बढी ध्यानाकर्षण रहोस भन्ने चाहन्छु । कालोबजारी र भ्रस्टाचार लाई तुरुन्तै नियन्त्रणमा राख्नुहोला । बेथिति र बिसंगति ढिलासुस्तीलाई तुरुन्तै नियन्त्रण गर्नुहोला। कहिलेकाही आफ्नो सोच सकारात्मक हुदाहुदै पनि नजिकैको सल्लाहकार का गलत सल्लाह का कारण पनि अप्जस पाइन्छ । त्यस्को जिम्मेवारी आफ्नै हुन्छ। हाम्रा भन्दा राम्रा मान्छे को सुझाव र सल्लाह लाई ध्यान दिनुहोला। (माहाभारतमा कृष्ण असल सल्लाहकार भएकै कारणले थोरै सेना भएर पनि पाण्डबले युद्ध जितेका थिए भने कौरब ले शकुनि जस्तै गलत सल्लाहकार का कारण धेरै सेना र शक्तिशाली भएर पनि युद्द हारेको उदाहरण हाम्रै सामु छन) बिषय र प्रसङ्गलाई गलत अर्थ नलगाउनु होला।
तपाई तपाईंको जनता प्रती संबेदनसिल हुनु हुन्छ र हुनु पर्छ । तपाईं पहिलोपटक मुख्य मन्त्री बन्दा महंगो गाडी किनेर आलोचित हुनु भयो। अहिलेको परिस्थितिमा यदि तपाईं ले चाहेमा त्यही गाडी बेचेर पनि गण्डकी प्रदेशमा अक्सिजन पलान्ट लगाउन पुग्छ। त्यति गर्नु होला। गण्डकी प्रदेश लाई देशकै नमूना बनाउने तपाइँको मनोकामना पूरा होस। सकारात्मक सोचका साथ देश बिकास र राष्ट्र अनि राष्ट्रियहितका लागि गण्डकी प्रदेश र देशलाई आवस्यक परेको बेला म जहाँ सुकै जस्तोसुकै परिस्थितिमा पनि उभिएर काम गर्न तयार छु। सधैं नेता/नेताकार्यकर्ता ले जित्ने अनि जनताले हार्ने हुँदै आएको छ , अब जनता ले जितेको हेर्ने चाहन्छु , बिकास र समृद्धि यसरी ल्याउनुस कि अर्को चुनाव पछि पनि तपाईं नै मुख्यमन्त्री बन्ने गरि काम गर्नु होला शुभकामना ।
कृष्ण क्षेत्री
संयोजक पोखरा महानगर पालिका
सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल
२०७८/०१/३०
प्रतिक्रिया दिनुहोस