ज्यान मार्ने काम बन्द गर र भेन्टिलेटर, ICU सन्चालन गर जनमतका जिल्ला सचिव यादवको आरोप
271 Views
मेवालाल यादव
रौतहट, बैसाख २९ गते, खोज मिडिया।रौतहटको गौर अस्पतालमा १० बेडको आइसीयू ४ वटा भेन्टीलेटर मेसिन छन हेर्दा सबै सामान नयाँ छ तर दूर्भाग्य, कोरोनाको संक्रमण बढेर बिरामी मृत्युको मुखमा पुग्दा समेत यि मेशिनहरु प्रयोगमा आउन सकेका छैनन् ।
यो अस्थायी अस्पतालमा विगत ३ दिनमा ६ जना संक्रमितले ज्यान गुमाएका छन् । कोभिडअस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको छन् ।
राजनितिक चलखेलका कारण गौर अस्पतालमा राम्रा चिकित्सक डाक्टर आउन मान्दैन । कोरोनाले झन विकराल समस्या भएको हरेक क्षेत्रमा प्रभाव पारेका हो तर जनता सचेत छैन। अहिले पनि ग्रामीण भेगका समाजमा भोज,भतेर,विवाह,हटिया,मेला आदि भैरहदा पनि मानिसहरु सचेत भएका छैन । आउने दिनमा झन विकराल प्रस्थिती आउने छ। स्थानीय सरकार, प्रदेश सरकार त्यस्तै छ,आौषधि छैन,भेन्टिलेटर ,ICU,जनशक्ति छैन, आदि विकराल समस्या रहेका छन।
यो सबै का कारण अहिलेका नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू मिलेर नै ब्रह्मलूट मचाएका छन्। चुनावका बेला जनताको सेवा गर्छु, राम्रा काम गर्ने बाचा गर्छन् र यहा त जहाँ पाउछन्, त्याहा लूटछन् र ज्यान मार्छ । यस्तै गर्नको लागि कुर्सीमा बसाइको थिए न । जनशक्ति कारण यहाँका बिरामीहरू ज्यान गुमाउन थालेको छ । यो जिम्मेवारी यहाँका सबै स्थानीय सरकार र प्रदेश सरकार लाई हुने छन् । ज्यान मार्ने काम बन्द गर र भेन्टिलेटर, ICU सन्चालन गर जस्ता माग राख्दै जनमत पार्टीका जिल्ला सचिव बिकास कुमार यादवले आरोही टेलिभिजन संगको टेलिफोन मार्फत जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस