रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको उपाध्यक्ष गीता विष्टले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामीका लागि दिइने भएको छ
702 Views
रोमन लामा
रामेछाप २८ वैशाख खोज मिडिया। अहिले दोस्रो भेरियन्टको कोरोना कहर सुरु भएको केहि समय यता स्थानीय तह अन्तर्गतका नगरपालिकाका मेयर र उपमेयरहरु तथा गाउँपालिकाका अध्यक्ष र उप अध्यक्षहरु आफुले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामीहरुलाई अस्पताल पुर्याउन लागि दिने देखि लिएर कतै आफ्नो निजि निवास नै आइसोलेसन सेन्टर बनाउन दिने सम्मको उदाहरणीय कार्यहरु हुदै आएको सम्पूर्णमा सर्ववितितै छ।
यस्तै उदाहरनीय कार्य रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा पनि भएको छ। सुनापती गाउँपालिकाको उप अध्यक्ष गीता विष्टले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित बिरामीहरु अस्पताल पुर्याउनका दिइने घोषणा गरेकी छिन् । यस अघि सुनापती गाउँपालिकामा ४ वटा एम्बुलेन्स र १ वटा शव बाहनले सेवा दिदै आइ राखेको थियो। अब उप अध्यक्ष विष्टले प्रयोग गर्ने गरेको गाडी सहित ६ ओटा गाडीले सुनापती गाउँपालिकाका कोरोना सङ्क्रमित बिरामीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सेवा दिने भएका छन्।
कोरोना सङ्क्रमित बिरामीहरुलाई जुनसुकै गाडीले अस्पताल लैजान नमान्ने र मानि हाल्दा पनि स्वास्थ्य सुरक्षाको हिसावले पनि जटिल भएको परिस्थितिमा यो एकदम सरह्रानीय कार्यको थालानी भएको छ। सुनापती गाउँपालिकामा हाल १२ जना काेराेना भाइरस सक्रिय सङ्क्रमित रहेका र जुनसुकै बेला पालिकामा विषम परिस्थिति सिर्जना हुन सक्ने भएकोले गाडीको अभाव नहोस भनी गाडी दिने घोषणा गरेको पालिकाको उप अध्यक्ष गीता विष्टले खोज मिडियालाई जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस