पक्ष भन्दा बढी मत विपक्षीलाई
308 Views
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभाको विश्वास गुमाएका छन् ।
प्रधानमन्त्रीले आफुलाई संसदको विश्वास छ कि छैन भन्ने प्रमाणित गर्न विषेश अधिवेशन आव्हानका लागि राष्ट्रपति समक्ष आग्रह गर्नुभएको थियो ।
ओलीको आग्रहअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह १ बजेका लागि संसदको विषेश अधिवेशन बोलाउनु भएको थियो ।
संसदको अधिवेशनमा भएको छलफल र त्यसपछिको मतदानका क्रममा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा ९३ , विपक्षमा १२४ र मत दिन चाहन्न भन्ने पक्षमा .१५ जना सांसदहरुले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस