काभ्रेमा २७ वर्षे युवकको कोरोनाबाट मृत्यु
302 Views
काभ्रेजिल्लाको सदरमुकाम धुलिखेलमा एक जना युबक संक्रमितको अस्पतालबाट घर फर्केपछि मृत्यु भएको छ ।
होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकलाई शुक्रबार अक्सिजन लेभल घटेपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालबाट घर फर्केलगत्तै हिजै उनको ज्यान गएको बताइएको छ । अस्पतालबाट ठीक भयो भनेर घर पठाइएका उनी घर फर्केपछि बेहोस भएका थिए । हिजो साँझ बेहोस भएपछी उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस