जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास पुगे
562 Views
काठमाडौ २६ वैशाख खोज मिडिया। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको समर्थनमा कांग्रेसलाई जुटाउन अध्यक्ष ठाकुरले महतोलाई लिएर देउवा निवासको ढोका चहारेका हुन् । यही वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा विश्वासको मत लिने तयारी छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरेको छैन । कांग्रेसभित्र ओली सरकार ढाल्नुपर्ने मत नै बलियो द्ेखिएको छ । तर जसपा अध्यक्ष ठाकुर भने प्रधानमन्त्री ओलीलाई नै विश्वास मत दिनुपर्ने पक्षमा रहेका छन् । भलै जसपाभित्र अन्य नेताहरु ओलीको विरुद्धमा वा तटस्थ रहनुपर्ने पक्षमा छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ओलीको विपक्षमा छन् ।





प्रतिक्रिया दिनुहोस