कडाइका साथ रौतहटमा निषेधाज्ञा जारी, कामकाज ठप्प
393 Views

ललन कुमार चौरसिया
रौतहट २५ वैशाख खोज मिडिया। रौतहट जिल्लामा आज पहिलो दिन सवारी आवागमनमा कडाइका साथ ठप्प देखिएको छ। काम बिना हिडने सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छन्। जिल्लाको मुख्य व्यापारिक बजार जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया, चपुर, मौलापुर, बंकुल लगायतका विभिन्न स्थानको बजारहरु पुर्ण तरिकाले ठप्प रहेका छन्। केही दिन देखि दोस्रो चरणको महामारी कोरोना भाइरसका लहर तिव्र रुपमा बढ्दै गरेकोले रौतहटमा पनि ज्यान गुमाउनेको संख्या बढदै थालेपछि आजबाट निषेधाज्ञा लागु गर्नु परेको जिल्ला प्रमुख अधिकारी श्री ईन्द्रदेव यादवले जनाएको छ ।
पुर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा प्रहरी निरीक्षक अरबिन्द साहको टोली खटिएका बिना कुनै काम बाहेक हिडने दर्जन भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएका हुन्। रौतहट जिल्लाका सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर आज विहानै देखि गाडी, व्यापारी प्रतिष्ठान, होटल एवम् पसल बन्द गराउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई किरण अधिकारी बताएका छन्। महामारी कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गरेकोले रौतहटमा स्थानीय प्रशासनले निषेधाज्ञा गरिने निर्णय गरिएको हो।
प्रतिक्रिया दिनुहोस