रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा अत्यावश्यक सेवा भन्दा बाहेकका सबै सेवा बन्द रहने (सुचना सहित)
306 Views
रामेछाप २३ वैशाख खोज मिडिया। अहिले देश कोरोना कहरले गर्दा देशको ५९ जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ। बाँकी जिल्लाहरुमा पनि कोरोना सङ्क्रमणको अवस्था हेरिकन निषेधाज्ञा जारी गर्ने क्रम जारी रहेको छ। रामेछाप जिल्लामा पनि निषेधाज्ञा केही दिन अघिबाट जारी गरिसकेको छ। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा आज सार्वजानिक सुचना जारी गरी एक हप्ताका लागि २०७८-०१-२४ गतेबाट २०७८-०१-३१ गतेसम्म अत्यावश्यक सेवा भन्दा बाहेकका सबै सेवाहरु बन्द गरेको छ।
दोस्रो नयाँ भेरियन्टको कोरोनाको सङ्क्रमण दर दिनानुदिन बढ्दै जान थालेपछि सुनापती गाउँपालिकाले पालिका भित्रको नागारिकहरुका स्वास्थ्य स्थिति मजबुत राख्नका लागि यो सुचना जारी गरीएको छ। उक्त सूचनामा भिडभाड भएको स्थानमा नजान, आवश्यक काम नपरी घर बाहिर ननिस्कन, भौतिक दुरी कायम गर्न, मास्क र सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्न लगायत स्वास्थ्य सुरक्षाको मापदण्डहरु अनिवार्य रुपमा पुरा गर्नका खातिर सम्पूर्ण भनिएको छ।
प्रतिक्रिया दिनुहोस