प्रथम भइन अन्तरास्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता-२०७७ मा रामेछाप डहू स्थायी घर भई हाल बंगलादेश निवासी इभान्जेलिना बल।
1090 Views
रोमन लामा
रामेछाप २० वैशाख खोज मिडिया। गैह्र आवासीय नेपाली सङ्घ र अनेसासको सहकार्यमा आयोजित अन्तरास्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता-२०७७ मा नेपाली युवाहरू बिचमा सम्पन्न भएको अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता-२०७७ मा रामेछाप जिल्ला सुनापती-४, डहू स्थायी घर भइ हाल बंगलादेश निवासी इभान्जेलिना बल तामाङ प्रथम भएकी छन् । बलले प्रथम भए बापत रु. एक हजार अमेरिकी डलर प्राप्त गरेकी छिन् । सोहि प्रतियोगितामा जापानका अभिनब गिरीले द्वितीय हुँदै पाँच सय अमेरिकी डलर प्राप्त गरेका छन् भने पोर्चुगलकी मानस्वी खरेलले तीनसय डलरको तृतीय पुरस्कार प्राप्त गरेकी छिन् ।
त्यसै गरी अङ्ग्रेजी भाषा तर्फको कविता तर्फ अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको प्रथम पुरस्कार प्राप्त गरेकी छिन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले बिजेता कवि कवियत्रीहरूलाई बधाई दिँदै दोस्रो पुस्ताका गैह्र आवासीय नेपालीहरूले भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रबर्धन गर्नका लागि विशिष्ट भूमिका खेल्नुपर्ने र NRN र अनेसास सहितका संस्थाले नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।
सोहि कार्यक्रमका विशिष्ट अतिथिका रूपमा पूर्व कुलपति एवम् मूल्याङ्कन समितिका प्रमुख बैरागी काइँला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरूभक्त, NRN का अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रस्टका सभापति गीता खत्री, वरिष्ठ साहित्यकारहरू आशिष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आ-आफ्ना रचनाहरु वाचन गरी शुभकामना दिनु भएकाे थियो ।
त्यसैगरी अतिथि कवि कवियत्रीहरूमा रबिन शर्मा (जापान), हिमान्शु, निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोवर्ध्दन पूजा (अमेरिका) र प्रवीणा बराल (जापान) ले कविता वाचन गर्नु भएकाे थियो। आयोजकका तर्फबाट NRN का पूर्व कोषाध्यक्ष एवम् भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएकाे थियो भने उक्त कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा प्रस्ट्याउनु भएको थियो।
सो कार्यक्रममा NRN का महासचिव डा. हेमराज शर्मा र NRN अमेरिकाका अध्यक्ष सुनिल शाहले शुभकामना दिनुभएकाे थियो भने कार्यक्रमका संयोजक अनेसासका महासचिव तथा NRN अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद मन्तव्य राख्नु भएको थियो। मूल्याङ्कन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौड्यालले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्येबाट बिजेता कवि घोषणा गर्नुभएकाे थियो । साठी जना प्रतियोगीहरु मध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनब गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल तामाङ, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खरेल, समृद्धि नेपाल, सरला बाराकोटी र सौगात पराजुलीले नेपालीमा भाषामा तथा ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजी भाषामा आफ्ना कविताका हरफहरु वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस