कोरोनाको उच्च जोखिममा रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार आजै मात्र १३ जना संक्रमित भेटिए
334 Views
रोमन लामा
रामेछाप १८ वैशाख खोज मिडिया। रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार अहिले कोरोना भाइरसको बढी जोखिममा परेको छ । अहिले मन्थली बजार क्षेत्रमा सधझै हुने भिड भाडकै कारणले गर्दा कोरोना भाइरसको बढी जोखिममा रहेको हो। आजै मात्र मन्थलीमा थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुस्टि भएको छ। त्यसमा तामाकोसी अस्पतालका स्टाप नर्स सहित ९ जनामा र अन्य मानिसहरु चार जना गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जन स्वास्थ्य अधिृकत भुवन थापाले बताए। उनका अनुसार हालसम्म रामेछाप जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ४१ जना पुगेको छ । कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भए पश्चात हाल तामाकोसी अस्पताल सिल गरिएको छ ।
UK भेरियन्टको दोस्रो कोरोना कहरमा मात्रै एक हप्ता भित्रमा रामेछापको गोकुलगङ्गा गाउँपालिका , मन्थली नगरपालिका, र रामेछाप नगरपालिकामा गरी ४१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत शुक्रवार मन्थलीबाट ३८ जनाको स्वाब धुलिखेल पठाइएकोमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्थली बजार क्षेत्रमा सङ्क्रमणको जोखिम बढदै गएको छ ।
प्रतिक्रिया दिनुहोस