प्रथम भए खनियापानी युवा तथा खेल विकास समिती (ख) दोस्रो सुनापती गाउँपालिका अध्यक्ष कपमा
449 Views
रोमन लामा
रामेछाप १३ वैशाख खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा ”स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ नव वर्ष २०७८ तथा लोकतन्त्र दिवसको अवसरमा भएको दोस्रो सुनापती गाउँपालिकाको अध्यक्ष कपमा भलिवल खेलमा खनियापानी युवा तथा खेल विकास समिती (ख) ले प्रथम स्थान हासिल गरेको छ। आर बि सिद्दार्थ कन्स्ट्रक्सन (हिलेदेवी, कामा) लाई प्रतिस्पर्धामा उछेनेर खनियापानी युवा तथा खेल विकास समिती (ख) ले प्रथम स्थान हासिल सफल भएको छ।
आर बि सिद्दार्थ कन्स्ट्रक्सन (हिलेदेवी, कामा) द्दितीय, राम्चे युवा समाज (दिमिपोखरी) तृतीय र युथ भिजन सोसाइटी (दिमीपोखरी) सान्त्वना भएको छ। भलिवल तर्फ प्रथम हुने टिमलाई पुरस्कार नगद रु.५५,५५५।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , द्दितीय हुने टिमलाई पुरस्कार नगद रु.४४,४४४।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , तृतीय हुने टिमलाई पुरस्कार नगद रु.३३,३३३।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , सान्त्वना हुने टिमलाई पुरस्कार नगद रु.११,१११।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , प्रदान गरिनेछ। भलिवल तर्फ उत्कृष्ट हुने खेलाडीलाई रु.१,०००।- सहित शिल्ड र प्रमाणपत्र , उत्कृष्ट स्पाइकरलाई रु.५००।- सहित शिल्ड र प्रमाणपत्र , उत्कृष्ट सेन्टरलाई रु.५००।- सहित शिल्ड र प्रमाणपत्र , उत्कृष्ट ब्लकरलाई रु.५००।- सहित शिल्ड र प्रमाणपत्र , उत्कृष्ट डिफेन्डरलाई रु.५००।- सहित शिल्ड र प्रमाणपत्र त्यसै गरी उत्कृष्ट सर्भिसरलाई रु.५००।- सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ। महिला र पुरुष व्याडमिन्टन तर्फ प्रथम हुने खेलाडीलाई नगद रु.५,५५५।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , द्दितीय हुने खेलाडीलाई नगद रु.४,४४४।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , तृतीय हुने खेलाडीलाई नगद रु.३,३३३।- सहित शिल्ड , मेडल र प्रमाणपत्र , सान्तवना हुने खेलाडीलाई नगद रु.१,१११।- सहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
सुनापती गाउँपालिकाको दोस्रो अध्यक्ष कपको खेलहरु सौहार्द पूर्ण वातावरण सम्पन्न भएको छ। आगामी वर्षहरुमा पनि हुने खेलमा पनि यस वर्ष झैँ साथ र सहयोगको अपेक्षा गरेको , यस पटकको खेलमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सरोकारवालाहरुलाई खोज मिडियासँगको फोन वार्ता मार्फत सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमीरेले हार्दिक कृतज्ञाता व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस