उच्च अदालतले पक्राउ नगर्न अन्तरिम आदेश दिदा पनि पुलिस प्रशासन लगाएर सरकारले गरेको यो कदम गलत हो भन्दै पत्रकार महासंघ लगायत थुप्रैको विज्ञप्ति
441 Views
काठमाडौं १२ वैशाख, खोज मिडिया । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्कका उप-सम्पादक पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो भने अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको छ । अहिले उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको सूचना प्राप्त भएको छ ।
उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेका थिए। उच्च अदालतले पनि सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेका थिए ।
समाचार प्रकाशनपछि आज प्रहरीले उज्यालो नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । उच्च अदालतले सरकारलाई पत्रकारलाई समाचार लेखेकाई भरमा पक्राउ नगर्नु भन्ने आदेश दिएको केही दिनपछि तामाङ द्वाए अनिश र दुर्गालाल पक्राउ गरेको हो । उज्यालो नेटवर्क डटकमका उप-सम्पादक समेत रहेका अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङलाई प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरी क्यमरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ ।
प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको र उच्च अदालतअले सरकारलाई पत्रकारलाई समाचार लेखेकाइ भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको अवस्थामा यसरी राज्यको चौथो अंग प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप, सरकारको ज्यादती बन्द गर भन्दै सामाजिक संजालमा आवाज उठिसकेको छ।
प्रतिक्रिया दिनुहोस