खनियापानी युवा तथा खे.बि.स. (ख) र राम्चे युवा समाज (दिमिपोखरी) ले सेमिफाइनलको यात्रा तय गरे
414 Views
रोमन लामा
रामेछाप ११ वैशाख खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा ”स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ नव वर्ष २०७८ तथा लोकतन्त्र दिवसको अवसरमा दोस्रो सुनापती गाउँपालिकाको अध्यक्ष कप हिजो वैशाख १० गते पुर्व खेलकुद मन्त्री हितमान तामाङद्धारा उद्घाटन भएको छ। सुनापती गाउँपालिका खेलकुद विकास समितिद्दारा आयोजित गाउँपालिका स्तरिय अन्तर वडा/क्लव खेलकुद प्रतियोगिता “दोस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८” मा पुरुष तर्फ भलिवल र व्याडमिन्टन त्यसैगरी महिला तर्फ व्याडमिन्टन खेल आजबाट सुरु भएको छ।
१३ गतेसम्म संचालन दोस्रो सुनापती गाउँपालिकाको अध्यक्ष कपको भलिवल तर्फ ९ ओटा टिमहरुले सहभागिता जनाएको छ। गाउँपालिका भित्रको ९ ओटा सहभागी टिमहरुमा क्रमसः राम्चे युवा समाज (दिमिपोखरी), बारालधोङ सेवा समाज (सेतो) हिलेदेवी, डिहिला म्हेन्धो युवा क्लव (गुन्सी), खनियापानी युवा तथा खेल विकास समिती (क), खनियापानी युवा तथा खेल विकास समिती (ख), आर बि सिद्दार्थ कन्स्ट्रक्सन (हिलेदेवी, कामा), सुनापती युवा तथा खेल विकास समिती (बेथान), युथ भिजन सोसाइटी (दिमीपोखरी) र बारालधोङ सेवा समाज (निलो) हिलेदेवी रहेको छ।
आज पहिलो चरणको सबै खेल सम्पन्न भएर दोस्रो चरणको खेल पनि सुरु भइसकेको छ। त्यसमा खनियापानी युवा तथा खेल विकास समिती (ख) र राम्चे युवा समाज (दिमिपोखरी) ले सेमिफाइनलको यात्रा तय गरी सकेको छ। आज भएको खेल सौहार्द पूर्ण वातावरण सम्पन्न भएको र भोलि बाकि खेलहरु बिहान ७ बजे देखि हुने जानकारी खोज मिडियासँग सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमीरेले गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस