कोरोना संक्रमणको दोस्रो लहर तीब्र फैलिन थालेपछि बाँकेमा बैशाख ९ गतेदेखि लकडाउन गर्ने भएको छ
213 Views

नेपालगन्ज ७ वैशाख, खोज मिडिया । पछिल्लो समय दिनप्रति दिन तीब्र रुपमा कोरोना संक्रमित बढ्न थालेपछि डीसीसीएमसीले लकडाउन गर्ने निर्णय गरेको हो ।कोरोना दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्तत ‘लकडाउन’ गर्ने निष्कर्षमा पुगेको हो । डीसीसीएमसीको मंगलवार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथाम तथा न्यूनीकरणका लागि बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बिगत एक सातादेखि हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।‘सिफारिस आएको छ । के–कस्तो अवस्थामा र कहिलेसम्म भन्ने बिषयमा होमवर्क गर्दैछौं’, प्रजिअ गेलालले भने, ‘दैनिक संक्रमण बढेपछि यही ९ गतेबाट लकडाउन हुन्छ । कोरोना संक्रमित र मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् । गत सोमबार मात्र ३ सय २२ जना कोरोना संक्रमित फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस