रौतहटबाट लागु औषध सहित दुई जना पक्राउ
416 Views

ललन कुमार चौरसिया
रौतहट ३ वैशाख, खोज मिडिया। रौतहट जिल्लामा लागु औषध गाँजा सहित दुई जना पक्राउ भएको छ । प्रतिबन्धित लागु औषध गाँजा सहित जिल्लाको कटहरिया नगरपालिका वडा नं १ को १९ वर्षिय महमद नसरुदिन र सोही स्थानको शेख शैदुल पक्राउ परेको प्रहरीले जानकारी दिनुभएको छ । गत चैत्र ३१ गते राति ९ बजेको समयमा गस्तीमा खटेको अस्थायी प्रहरी पोष्ट छेदीचौक प्रहरीले टोलीले कटहरिया नगरपालिका १ भसेढवाबाट २ किलो ७५० ग्राम अबैध गाँजा सहित दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पक्राउ परेका दुवै जनासँग २२ किलो ७५० ग्राम गाँजा बरामद भएको गरुडा प्रहरीले जनाएको छ । रातिको समयमा झोला बोकी आइरहेको अवस्थामा प्रहरी टोलीलाई शंका लागि निजहरुको शरीर तथा उनिहरुले बोकेको झोलाहरु चेकजाँच गर्दा शेख शैदुलले बोकेको झेलाबाट २ किलो ७५० ग्राम र महमद नसरुदिनले बोकेको झोलाबाट समेत २ किलो ७५० ग्राम लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ । पक्राउ परेका शैदुल र नसरुदिन दुवै जनालाई जिल्ला अदालत गौरबाट आज म्याद थप अनुमति लिएर न्यायीक हिरास्तमा राखेर अनुसन्धान कार्य भइरहेको गरुडाका डिएसपी रावलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस