टेलिचलचित्र “भाग्य छोराको” २५ औं भाग पुगेको उपलक्ष्यमा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने
385 Views
काठमाडौं चैत्र ३१, खोज मिडिया । कालिदेवी मिडिया हाउस को प्रस्तुतीमा निर्मित टेलिचलचित्र “भाग्य छोराको” २५ औं भाग पुग्न सफल भएको छ । उक्त अवसरमा साँस्कृतिक कार्यक्रमका साथै बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा कदर गरिने छ । कार्यक्रमको प्रमुख आतिथि युवा तथा खेलकुदमन्त्री दावा तामाङको उपस्थिति रहने आयोजक सस्थाले जानकारी गराएको छ । कार्यक्रम आउदो बैशाख ४ गते दिउसो १२:३० रास्ट्रिय नाचघर जमलमा हुने भएको छ । साँस्कृतिक तथा सम्मान कार्यक्रम गरिने उक्त कार्यक्रममा सम्पूर्ण कलाकार, समाजसेवी र पत्रकारहरुलाई कार्यक्रममा उपस्थितिका लागि निर्देशक बिनयक तामाङले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस